२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चुल्ठो काटिने भयले महिला त्रसीत

२०७४, ९ भाद्र शुक्रबार ११:१४

दीपक घिमिरे /भदौ ९,लुम्बिनी । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् । 

उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भन्नुभयो, “केही समय टाउको झमझमाए जस्तो भयो । त्यतिबेला न्याउरी मुसो आएको जस्तो लाग्छ । एकै छिनमा रिंगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।” उहाँका अनुसार बेहोस हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो उहाँले ठम्याउन सक्नुभएन । 

अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरुलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ । उहाँका अनुसार भीम अस्पतालमा मात्रै १७/१८ जना यस्ता खालका बिरामी आएको र उपचार गरी घर फर्किएका छन् । कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मुलकी महिला एकजनामात्रै आएको बताइएको छ । 

भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतंक नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ । 

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल किराले काटेको बताउँदै कपाल काट्ने किरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गर्नुभयो । प्रहरीले बेथरीबाट उक्त किरा समातेको बताएको छ । 

प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफँैले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । 

अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुई/तीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताउनुभयो । चिकित्सकले हाउगुजीको पछि नलागी नडराइकन बस्न पनि सुझाएका छन् । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा