2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कानुनमन्त्री थापाद्वारा गुरुङप्रति श्रद्धाञ्जलि

भदौ ९,पोखरा। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का कार्यसमिति सदस्य लीलकाजी गुरुङको निधनमा आज श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

यही भदौ २ गते निधन हुनुभएका स्व गुरुङको स्मृतिमा नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीद्वारा आज आयोजित श्रद्धाञ्जलि सभामा उहाँले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुका साथै सामाजिक सेवामा स्व गुरुङले पु¥याउनुभएको योगदान अविष्मरणीय भएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै सामाजिक विकासमा क्षेत्रमा स्व गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । 

कार्यक्रममा सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति वृजमान गुरुङलगायतले स्व गुरुङको योगदानबारे चर्चा गर्नुभएको थियो । 

विसं.२०१९ मंसिर २३ गते जन्मनुभएका गुरुङको यही भदौ २ गते काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह