२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा पहिरोको कारण ४ परिवारका १४ जनाविस्थापित

२०७४, ९ भाद्र शुक्रबार ११:३०

रेशम राज रोकाया/भदौ ९, हुम्ला । अत्याधिक वर्षाको कारण ४ घर परिवारका १४ जना विस्थापित भएका छन् । 

सर्केगाढ गाउँपालिकाको वडा नं ८, राहदेव गाउँ कातुलराज रोकाया, गच्चबहादुर रोकाया, धनपाउ रोकाया र घण्टपाल रोकायाका परिवार विस्थापित भएका हुन् । घर मुनीको जग्गाको जग र माटो चिप्लिँदै गएपछि घरको पर्खालको केही भाग भत्कन थालेको विस्थापित तुलराज रोकायाले जानकारी गराएका छन् । 

घरको दायाँबायाँ र घर मुनीको माटो वर्षाको कारण बगाउन थालेको र घरको जग समेत भत्कन थालेपछि आफुहरु घरबाट विस्थापित भई पाल हालेर बसेको समेत बताईएको छ । यस वर्ष अन्यवर्ष भन्दा अध्याधिक वर्षा हुँदा यस्तो हुनगएको बुझिएको छ । रातीभरी निद्रा लाग्दैन, घरका सबै सामान बाहिर निकालेका छौं । 

उज्यालो हुँदा घर छ कि छैन भनेर हेर्न जाने गरेको र घरको छतमाचढ्न समेत डरलाग्दो अवस्था रहेको विस्थापित गच्चबहादुर रोकायाले बताउनु भयो । छोरा छोरी चिसोमा बाहिर खुला ठाउँमा नै बस्ने गरेका छौं । धेरै हावा र पानीपर्दा चिसोको कारण बालबालिका सुत्न नसकी अनिदो समेत बस्नु परेको बताईएको छ । 

विस्थापित गच्चबहादुर रोकायाको घरभन्दा दक्षिणमा रहेको जग्गा पुरै पहिरोको कारणबगाईसकेको छ भने त्यहाँलगाईएको करिब ३० हजार अनुमानितअन्नबालीको नोक्सान समेत भएको बताउनु भयो । माटो बगाउँदै लगेको छ, घरमुनी रहेको बाटो र पर्खाल बगाउँदै छ, घरको केही भाग भास्सिँदै छ कतिखेर भत्कने हो कुनै निश्चित छैन । वर्षौदेखी बल्लतल्ल लगाएको घर यसरी बगाउन लाग्दा अब कसरी घर लगाउने भन्नेमा विस्थापितले चिन्ताव्यक्त गरेका छन् । 

प्राकृतिक प्रकोप पनि गरिबलाई नै छानीछानी पिडा दिने गरेको, घरमा ५ जना छोराछोरीलाई के गरेर खुवाउने भन्ने समस्या एकातिर भएको बेला घर भत्कन लाग्दा मन थामी नसक्नु गरी पिडा भएको गच्चबहादुर रोकायाले पिडा व्यक्त गर्नुभयो । 

क्षतीको विवरण लिनको लागि सर्केगाढ प्रहरी चौकीबाट एक टोलीखटेर घटनाको विवरण हिजो नै लिएको भएतापनिआज परेको पानीले झन् अवस्था कष्ठकर बन्दै गईरहेको छ । विहान भारी वर्षा हुने गरेको र थप जनजीवन कष्टकर बनाउँदै लगेको बुझिएको छ । घर दक्षिणमा रहेको करिब २ रोपनी जग्गाको कोदो, चिनु, सिमिबगाएर लगेको छ । विस्थापित परिवार हाल स्थानिय प्रशासनलाई सहयोगको लागि हारगुहार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु