सास । भदौ ९, बर्दिया । 

महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर बढैयाताल गाउँपालिका वडा नं. ३ मा आयोजित तीज महोत्सवको समारोहमा जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ९, बर्दिया । 

महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर बढैयाताल गाउँपालिका वडा नं. ३ मा आयोजित तीज महोत्सवको समारोहमा जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

तीजमा जप्रतिनिधीलाई सम्मान

२०७४, ९ भाद्र शुक्रबार ११:५८

सास । भदौ ९, बर्दिया । 

महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर बढैयाताल गाउँपालिका वडा नं. ३ मा आयोजित तीज महोत्सवको समारोहमा जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।

 

भोलागौडी बजार व्यवस्थापन समितिको आयोजना तथा माछापुच्छ्रे युवा क्लब भोलागौडीको सह आयोजनामा आयेजित तीज विशेष कार्यक्रममा विहिबार बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ तथा उपाध्यक्ष दीपा गौतम लगायत सबै वडाका प्रतिनिधनिधी तथा गाउँ कार्यपालिकाका प्रतिनिधीहरुलाई सम्मान गरिएको हो ।


बजार नजिकै रहेको खेल मैदानमा आयोजित तीज महोत्सवमा लोक तथा दोहोरी गायक गायिकाहरु शेर बहादुर आचार्य ‘गाइने’, सुनिता वि.सी., आकृति ढकालले आ–आफ्ना साङ्गीतिक प्रस्तुतीहरु राख्नुभएको थियो भने आफ्ना साङ्गितीक प्रस्तुतीहरुका साथमा आकर्षक तरीकाबाट कार्यक्रमको सहजीकरण गायक तथा सञ्चारकर्मी प्रभात सुवेदीले गर्नुभएको थियो । कार्यक्रमा गुलरियाको गोल्डेन फ्युचर डान्स सेन्टरका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । 


महोत्वसमा तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा मौलिक लय तथा सामाजिक विषयवस्तुहरुका बारेमा प्रस्तुतीहरु गरिएका थिए । 


कार्यक्रममा हजारौंको सहभागीता रहेको यो कार्यक्रममा साँझ अबेरसम्म पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

नेपाली महिलाहरुको महान् पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रमका मुख्य उद्देश्य नेपाली मौलिक कला संस्कृतिको जर्गेना गर्दै स्थानीय कला संस्कृतिको मौलिकता जोगाउनु रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष रवीन्द्र रावलले बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते