२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सेनाद्वारा टुङ्ना गुफा जाने बाटो निर्माण

२०७४, १० भाद्र शनिबार १२:२७

भदौ १०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग बजार नजिकै रहेको दशकते सामुदायिक बन परिषरमा रहेको ऐतिहासिक टुंङना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ । 

सेनाले ऐतिहासिक गुफा सम्म पुग्न र अवलोकन गर्न चाहनेहरुलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ । म्याङलुङ्ग स्थित नेपाली सेनाको ईन्द्रदल गुल्मका जवानहरुले त्यहाँ सम्म पुग्न सहज होस् भन्ने उदेश्यले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले बताए । 

यसअघि स्थानीय राम तुम्बाहाङफेले निजी लगानीमा युवाहरु सहित टुंङना गुफा ओझेलमा रहेको भन्दै त्यहाँ सम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए । 

गोरेटो बाटोमा ५५ जना बढी नेपाली सेना र स्थानीयबासीले श्रमदान गरेका थिए । म्याङलुङ्ग स्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि ५ मिनेट पैदल हिडेपछि पुग्न सकिने ओडार हुदै हाङ्साम महादेब गुफा सम्म पुग्ने समेत बाटो निर्माण गरिएको छ । 

म्याङलुङ बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो क्षेत्र राम्रो गन्तब्य बन्न सक्ने म्याङलुङ्ग–९ का वडासदस्य बाबुराम लिम्बुले बताए । उनका अनुसार यो क्षेत्रलाई पर्यटकीय स्थल बनाउनका लागि हालै सम्पन्न वडा परिषदमा समेत बजेट माग गरिएको छ । 

यसअघि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुले सिंहबाहीनी मंन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाडाँ, र गढी यक डाडाँको भ्रमण तथा अबलोकन गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित