दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारी बार्ने घरलाई सेवा-सुविधाबाट बञ्चित गराईने

२०७४, १० भाद्र शनिबार १२:३३


दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुले छाउपडी प्रथा अर्थात महिनावारी सुत्केरी बार्ने घर धुरीलाई सम्बन्धित नगर वडाबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाउनु पर्ने बताएका छन ।

जिल्लाका विभिन्न साविकका पिना, श्रीनगर, रोवा, रुगा, रारा र सेरी गाविसमा छाउपडी प्रथा उन्मुलन सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको जिल्लामा एक मात्र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक गैर सरकारी संस्थाको सहजिकरण , महिला तथा बालबालिका कार्यालय, जिल्ला समन्वय समिति , छायानाथ रारा नगरपालिका र साविकका गाविसहरुको समन्वयमा स्थानीय निर्वाचनबाट निर्वाचित जन प्रतिनीधी, नागरिक समाज धार्मिक अगुवाहरुको सहभागितामा भएको अन्र्तक्रिया पछि घरमा छोरी, चेली, बुहारी महिनावारी भएको वेला अलगै गोठमा राख्ने, पोषिलो खानाबाट बन्देज गराउने , सरसफाईमा ध्यान नदिने लगायतका व्यवहार गर्ने घर परिवारलाई स्थानीय निकाय नगरपालिका बाट प्रवाह गरिने सेवा सुविधामा रोक लगाई सचेत गराउने निर्णय गरिएको छायानाथ रारा नगरपालिका  मेयर हरीजङ्ग शाहीले जानकारी दिए ।

छाँउ वा महिना बारी भएको बेला घरमा बस्दा देउता रिसाउने घरमा अनिस्ट हुन्छ भर्नेर  महिना बारी भएको बेला ५,६ दिन सम्म गोठमा बस्नु परेको छ । पोषिलो खानेकुरा पाई दैन भन्दै बताउछिन बुगलि बि.क ।

केही वर्ष अगाडी घरमा महिला महिनावारी हुँदा देउता रिसाएर अनिष्ट हुने भन्दै पाँच देखि सात दिनसम्म घरबाट अलग्गै राख्ने , दुध  दहि, घिउ , मह लगायतका खाने कुरा खान नदिने, फलफुलका विरुवा, गाई वस्तु छुन नदिने गरै ठूला ठूला भारी बोक्नु पर्ने परम्परा रहे पनि पछिल्ला वर्षहरुमा सरकारी तथा गैर सरकारी निकायले सञ्चालन गरेका विभिन्न चेतना मुलक कार्यले समाजमा परिवर्तन आई महिनावारी भएका महिलाहरुलाई अहिले सफा सुग्घर गर्न लगाउने , सुरक्षित रुपमा वस्ने व्यवस्था सहित भान्सामा लिने बाहेक अन्य कुरा परिवर्तन भई सकेको नगरपालिका वडा नम्बर १३का स्थानीय धामी साउने बुढाको भनाई छ । 

सदरमुकाम आसपासका गाउँ बस्तिमा छाउपडी प्रथाका विषयमा स्थानीयवासीमा चेतना बृद्धि भई केही सुधार आए पनि सदरमुकाम बाहिरका ग्रामीण बस्तिहरुमा महिनावारी भएका महिलाहरुको कष्ट उस्तै छ ।

फोटो: छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउकी सरिता रोकाया छाउभएको समयमा ७ दिन सम्म गोठमा बसेकी ।  तस्बिर: दान बहादुर बुढा, मुगु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला