दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारी बार्ने घरलाई सेवा-सुविधाबाट बञ्चित गराईने

१० भाद्र २०७४, शनिबार १२:३३


दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुले छाउपडी प्रथा अर्थात महिनावारी सुत्केरी बार्ने घर धुरीलाई सम्बन्धित नगर वडाबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाउनु पर्ने बताएका छन ।

जिल्लाका विभिन्न साविकका पिना, श्रीनगर, रोवा, रुगा, रारा र सेरी गाविसमा छाउपडी प्रथा उन्मुलन सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको जिल्लामा एक मात्र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक गैर सरकारी संस्थाको सहजिकरण , महिला तथा बालबालिका कार्यालय, जिल्ला समन्वय समिति , छायानाथ रारा नगरपालिका र साविकका गाविसहरुको समन्वयमा स्थानीय निर्वाचनबाट निर्वाचित जन प्रतिनीधी, नागरिक समाज धार्मिक अगुवाहरुको सहभागितामा भएको अन्र्तक्रिया पछि घरमा छोरी, चेली, बुहारी महिनावारी भएको वेला अलगै गोठमा राख्ने, पोषिलो खानाबाट बन्देज गराउने , सरसफाईमा ध्यान नदिने लगायतका व्यवहार गर्ने घर परिवारलाई स्थानीय निकाय नगरपालिका बाट प्रवाह गरिने सेवा सुविधामा रोक लगाई सचेत गराउने निर्णय गरिएको छायानाथ रारा नगरपालिका  मेयर हरीजङ्ग शाहीले जानकारी दिए ।

छाँउ वा महिना बारी भएको बेला घरमा बस्दा देउता रिसाउने घरमा अनिस्ट हुन्छ भर्नेर  महिना बारी भएको बेला ५,६ दिन सम्म गोठमा बस्नु परेको छ । पोषिलो खानेकुरा पाई दैन भन्दै बताउछिन बुगलि बि.क ।

केही वर्ष अगाडी घरमा महिला महिनावारी हुँदा देउता रिसाएर अनिष्ट हुने भन्दै पाँच देखि सात दिनसम्म घरबाट अलग्गै राख्ने , दुध  दहि, घिउ , मह लगायतका खाने कुरा खान नदिने, फलफुलका विरुवा, गाई वस्तु छुन नदिने गरै ठूला ठूला भारी बोक्नु पर्ने परम्परा रहे पनि पछिल्ला वर्षहरुमा सरकारी तथा गैर सरकारी निकायले सञ्चालन गरेका विभिन्न चेतना मुलक कार्यले समाजमा परिवर्तन आई महिनावारी भएका महिलाहरुलाई अहिले सफा सुग्घर गर्न लगाउने , सुरक्षित रुपमा वस्ने व्यवस्था सहित भान्सामा लिने बाहेक अन्य कुरा परिवर्तन भई सकेको नगरपालिका वडा नम्बर १३का स्थानीय धामी साउने बुढाको भनाई छ । 

सदरमुकाम आसपासका गाउँ बस्तिमा छाउपडी प्रथाका विषयमा स्थानीयवासीमा चेतना बृद्धि भई केही सुधार आए पनि सदरमुकाम बाहिरका ग्रामीण बस्तिहरुमा महिनावारी भएका महिलाहरुको कष्ट उस्तै छ ।

फोटो: छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउकी सरिता रोकाया छाउभएको समयमा ७ दिन सम्म गोठमा बसेकी ।  तस्बिर: दान बहादुर बुढा, मुगु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य