Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

क्यान महासंघ कास्कीमा युवराज पौडेल

२०७४, १० भाद्र शनिबार १६:१०


पोखरा १०, भदौ । कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्की शाखाको अध्यक्षमा युवराज पौडेल निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न १०औं साधारणसभा तथा सातौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको प्रथम उपाध्यक्षमा नविन पौडेल, द्वितीय उपाध्यक्षमा रूक्मागत भण्डारी विश्वास, सचिवमा विकास भुर्तेल, कोषाध्यक्षमा राजेन्द्र तिवारी, सहसचिवमा सेवक क्षितिज निर्वाचित भएको निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए ।तीर्थराज सुवेदी, मातृका पोखरेल, घननाथ सापकोटा, महेन्द्र भुर्तेल, सुरेश सापकोटा, सुनिल पाण्डे र सवि शेरचन सदस्यमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष चिन्तामणि बास्तोला पदेन सदस्य रहने व्यवस्था छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा क्यान महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय प्रतिनिधि अशोकबाबु राना, कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, ला–ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसी, पोखरा भाँडा व्यवसायी समितिका अध्यक्ष डिबी भुजेल, क्यान महासंघ तनहुँका अध्यक्ष तुलसी पाण्डे लगायतले सूचना तथा प्रविधिका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु