२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

शिक्षकलेनै गरे, विद्यालयलाइ निशुल्क जग्गा दान

२०७४, ११ भाद्र आईतवार ०४:१२

नन्दराम जैशी/भदौ ११, जुम्ला । खड्गदेवि माध्यामिक विद्यालय मणिसाँघु जुम्लाका सहप्रधानाध्यापक रमेश प्रकास महताराले विद्यालयलाइ निशुल्क जग्गा दान गर्नुभएको छ । 

सहप्रधानाध्यापक महताराले विद्यालयलाइ आवाश्यक २ सय ८५ बर्ग मिटिर जग्गा निशुल्क दान गर्नुभएको हो । जग्गाधनि महताराको नाममा रहेको १ सय ६८ किक्ता नंबरको जग्गा उहाले विद्यालयको नाममा पास गर्नुभएको छ ।

आफ्नी श्रिमति स्वर्गिय सुन्तली महताराको सम्झनामा विद्यालयलाई निशुल्क जग्गा दान गरेको सहप्रधानाध्यापक महताराले बताउनुभयो । विद्यालयका संस्थापक तथा उहाँका बाजे खड्ग प्रसाद महतारा र देवि प्रसाद महताराको नामबाट विद्यालयको नाम खड्गदेवि मावि रहेको हो । विगत ३४ बर्षदेखि शिक्षक पेशामा कार्यरत उहाँ समाजसेवामा पनि तत्पर रहनु भएको छ ।

विद्यालयको भौतिक संरचनालाइ बलियो बनाउन आफै जग्गा दान गर्नुभएका शिक्षक महताराले विद्यालयको भौतिक संरचना ब्यवस्थीत भएमा शैक्षिक ब्यवस्थापनमा पनि सहयोग पुग्ने दावि गर्नुभयो । खड्गदेवि माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त शर्माका अनुसार विद्यालयले निशुल्क जग्गा प्राप्त गरेसँगै खेलमैदानको विस्तार भएको छ ।

जसले गर्दा विद्यार्थिहरुलाइ सांस्कृतिक तथा खेलकुदका कार्यक्रम संचालन गर्न सहज हुने भन्दै प्रधानाध्यापक शर्माले उहालाइ धन्यबाद ब्यक्त गर्नुभयो । विद्यालयका लागि २ सय ८५ बर्ग मिटर जग्गा निशुल्क प्राप्त भएपछि ४ कोठाको दुइवटा भवन निर्माण गर्ने लक्ष्य रहेको उहाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित