२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दशवटा ट्र्याक्टर नियन्त्रणमा

२०७४, ११ भाद्र आईतवार ०८:०३

भदौ ११,धनगढी । कैलालीको खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेका १० वटा ट्र्याक्टरलाई शनिबार प्रहरीले स्थानीय जाखोर ताल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । 

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख हिक्मत थापाको नेतृत्वमा खटिएको टोलीले बालुवा लिएर आउँदै गरेका १० वटा ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएको जिप्रकाका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 

नियन्त्रणमा लिइएकालाई जिल्ला समन्वय समितिको जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

सरकारले असार, साउन र भदौ महिनामा नदी तथा खोलबाट ढुंगा गिट्टी बालुवालगायतका नदीजन्य वस्तु उत्खननमा रोक लगाएको भए पनि कैलालीका नदीमा यी वस्तुको लुकीछिपी चोरी हुने गरेको छ । 

नदी र खोलामा नदीजन्य वस्तुको उत्खनन जथाभावीरुपमा ठूलो परिमाणमा हुने गरेका कारण नदीको प्राकृतिक स्वरुप नै बिग्रिन गई वातावरणमा प्रतिकूल असर पुग्न थालेको मात्र नभई वर्षायाममा डुबान र कटानको समस्या बढ्दै गएको जानकारहरु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु