२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आकाशे पानीको भरमा जिविकोपार्जन

२०७४, ११ भाद्र आईतवार ०८:२३

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। सोरु गाउँपालीका वडा नं ६ का १ सय २५ घरधुरीका स्थानीय आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका छन ।  घर नजिकै पानीको स्रोत नभएको र पानी लिन ४ घण्टा हिड्नु पर्ने बाध्यताले आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका हुन । 

सोरु गाउँपालीका वडा नं ६ जिमाका स्थानीय ६ महिना लेकमा र ६ महिना औलका घरमा बस्ने गरेको र लेकमा बस्दाको समयमा पानीको जोहो गर्न साहै्र समस्या हुने गरेको स्थानीय मानसिङ  कार्कीले बताउनुभयो ।१ सय २५ घरदुरी रहेको गाउँमा पानीको स्रोत नहुँदा पानी लिन जान महिला लाई निकै समस्या हुने गरेको र गाई बस्तुलाई पानी खुवाउन पनि ४ घण्टा हिनाएर जिमा खोला ल्याउनु परेको कार्कीले गुनासो गर्नुभयो । पानी परेको समयमा आकाशे पानी जम्मा गर्नको लागी प्लाष्टिक पोखरी निमार्ण गरि पानी जम्मा गरी खाने र खड्री परेको समयमा ४ घण्टा हिनेर भए पनि जिमा खोला आउने गरेको कार्कीको भनाईरहेको छ । सोरु गाउँपालीकामा खानेपानीका योजना  धेरै जाने गरेको भए पनि योजनाको दिगो बिकास हुन नसकेको पाईएको छ ।

 बर्षेनि खानेपानीका योजना गाउँ गाउँमा जाने तर काम नगरी गमगढीमै बिल मिलाउने प्रवृत्तीले गर्दा पनि यस्तो समस्या भोग्न स्थानीय बाध्य भएका अर्का स्थानीय पदम बहादुर शाहीले बताउनुभयो । सोरुगाउँपालीका अधिकांश ठाउँमा खानेपानीको समस्या छ । खानेपानीकै समस्याका कारण स्थानीय कर्णालीको धमिलो पानी खान बाध्य भएका छन भने धमिलो पानीकै कारण पथ्थरी जस्ता रोग पाल्न बाध्य भएका शाहिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते