2026-09-27 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सरोकारवालासँगको छलफल सम्पन्न

प्रकाश धौलाकोटी/ पुस ४, तेह्रथुम । एक्सनएड अन्तरािष्टय नेपालको सहयोगमा तेह्रथुमका विभिन्न १० गाविसमा सन्चालित महिला समूह मजबुतिकरण परियोजनाको मुल्याकंनकालागि आएको टोलीले आज जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । जिल्लास्थित दलित सचेतना समाज नेपाल र देउराली सोसाइटीको सहजीकरणमा चलिरहेको परियोजना अन्तर्गत भएका कार्यक्रम र गतिविधिहरुको लेखाजोखाकालागि टोलीले छलफल गरेको हो ।

एक्सनएडसँगको सहकार्यमा आएको मुल्याकंनकर्ताहरुसहितको टोलीले तेह्रथुम जिल्लास्थित विषयगत कार्यालयका प्रमुख, सरोकारवाला निकाय र पत्रकारहरुसँग छलफल गरेको हो । कार्यक्रममा सहभागी जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम सन्चालन भएपछि भएका प्रगति र उपलब्धिबारे जानकारी साथै स्थलगत अवलोकन गरेका पत्रकारहरुले देखिएका उपलब्धिहरुबारे जानकारी गराएका थिए । यस्तै टोलीले गाउँ गाउँमा परियोजनाअन्तर्गत गठन भएका महिला समूहका प्रतिनिधि र परियोजना अन्तर्गत कार्यरत कर्मचारीहरुसँगपनि आजै छलफल गरेको छ ।

तेह्रथुमको छथर क्षेत्रका हमरजुंग, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा दलित सचेतना समाज नेपाल र आम्बुंग, मोराहांग, पौठाक, श्रीजुंग र ओयाक्जुंग गाविसमा देउराली सोसाइटीको सहजीकरणमा महिला समूह मजबुतिकरण परियोजना लागु भएको थियो । ३ वर्ष अघिबाट सन्चालन भएको कार्यक्रम अन्तर्गत यी गाविसका ११ सय बढी महिलाहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनमा सुधार आएको छ । परियोजना यसवर्षबाट सकिन लागेको दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह