२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

माथिल्लो डोल्पाका जनताले दुई बर्षसम्म पनि चामल खान पाएनन्

११ भाद्र २०७४, आईतवार १२:१८


टेक शाही/भादौ ११, डोल्पा । माथिल्लो डोल्पाका ३ गाँउपालिकाका जनताले दुइ बर्ष देखि चामल खान पाएका छैनन । 

नेपाल सरकारले रसुवाको केरुङ नाकाबाट डुवानी गरेर माथिल्लो डोल्पाका तिनवटा गाँउपालिकाका जनतालाइ नुन र चामल बितरण गर्ने गरेका नेपाल खाद्यसँसथान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

माथिल्लो डोल्पाका जनताको लागि बितरण हुने आर्थिक बर्ष ०७२/०७३ देखिको ३८ सय क्वीन्टल चामल र ३ हजार क्वीन्टल नुन काठमाण्डौका गोदाममा थन्कीएको हो । 

रसुवाको केरुङ नाकामा भएको बिवादको कारण माथिल्लो डोल्पाको चामल र नुन ढुवानी हुन नँसकेको ठेकेदार बिजय रोक्काले जानकारि दिए । उनले भने भन्सार कर बृद्धि गरेको कारण ब्यापारिहरुसँग कुरा नँमिले पछि माथिल्लो डोल्पाको खाद्यान्न ढुवानी हुन नँसेको बताए । 

माथिल्लो डोल्पाको लागि खाद्यान्न ढुवानीको लागि करिव १ सय भन्दा धेरै ट्रकहरु आवास्यक भएको र केरुङ नाकामा जानको लागि रसुवाकै ड्राइभर मात्र हुने पर्ने अन्यले जान नपाउने भए पछि पनि ढुवानीमा समस्या आएको ठेकेदार बिजयले बताए । उनि भन्छन चाइनाले अनुमति दिएन महिनौ बस्नु पर्यो अनुमति पाएको हप्तौ हुदा गाडि नपाएर हैरान भएका छौ । 


हाल दैनिक १२ देखि १५ वटा सम्म मालबहाक ट्रकहरु केरुङ खाद्यान्न लोड गरेर पठाउने गरेको र अब एक साता भित्रमा सबै चामल,नुन माथिल्लो डोल्पामा पुग्ने नेपाल खाद्य सँस्थान शाखा कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद जोसिले जानकारि दिए । 

हरेक बर्ष माथिल्लो डोल्पाका साविकका ७ गाविस र हालका ३ वटा गाँउपालिकाहरुमा नेपाल सरकारले खाद्यान्न तिब्वतबाट ढुवानी गर्ने गरेको प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यले बताए । उनले भने खाद्यान्न सँगै जिल्ला प्रशासनको पनि प्रतिनिधि जाने र सहज रुपमा जनतालाइ खाद्यान्न बितरण गर्ने बताए । 

पहिलेका बर्षमा तातो पानिको नाकाबाट लिने गरेको भए पनि भुकम्प पछि तातोपानि नाका अबरुद्ध भए पछि रसुवाको केरुङ नाकाबाट लिन लागेको साल्टट्रेडिङ्ग डोल्पा साखाका प्रमूख प्रकाश धामीले जानकारि दिए । जनताको दुख आमी बुझछौ तर छिमेकीको बाटो भएर जान कठिन भएको उनेले बताए । 

आर्थिक बर्ष ०७२/०७३ को चामल त २ बर्ष पछि भए पनि माथिल्लो डोल्पाका जनताले पाउने आसा रहेको छ । 

तर आर्थिक बर्ष ०७३/०७४ को चामल भने ठेकेदारले ठेक्का नै छोडे पछि अन्योलमा परेको नेपाल खाद्य सँस्थानले जनाएको छ । माथिल्लो डोल्पाका छार्काताङस्योङ्ग गाँउपालिका,शे फोक्सुण्डो गाँउपालिका र डोल्पो बुद्ध गाँउपालिकाले नेपाल सरकारबाट बितरण हुने नुन र चामल बर्षमा एक पटक मात्र पाउने गर्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य