2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की प्रहरी द्धारा १५ बुदे कार्ययोजना सार्बजनिक, पहिलो प्रथामिकता गुन्डागर्दी रोक्ने

पोखरा ११, भदौ  | जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुदे कार्ययोजना सार्वजनीक गरेका छ । आज पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीको अपराध नियन्त्रण तथा रोकथाम गर्न १५ बुदे कार्ययोजना सार्वजनीक गरेका हुन् ।  पहिलो प्रथामिकता गुन्डागर्दी नियन्त्रण रहेको बताउदै एसपी सिंहले गुडागर्दी गर्नेको शुक्ष्म रुपमा पहिचान भइरहेको बताउदै  विभिन्न चरणमा काम गर्ने बताए ।

                                                 उनले पहिले गुडागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने, कुन कुन अपराधमा संलग्न छ भने खोज्ने र त्यस पछि पक्राउ गरि कडा कार्वाही गर्ने बताए । यसै गरी अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण गर्ने, गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता कार्यम गर्ने, चोरी, तस्करी, कालो बजारी तथा अबैध मदिरा नियन्त्रण गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, फरार आपराधीको खोजी र कार्वाही गर्ने उनले सार्वजनिक गरेको कार्ययोजनामा छ  । त्यसै गरि भष्ट्राचारमा शुन्य सहनशिलता, आन्तरिक शुद्धिकरण, प्रविधीमैत्री प्रहरी सेवा, कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगाएतका रहेका छन् ।

दुई साता आगाडी कास्कीमा सरुवा भई आएका सिंहले नजिकै आउदै गरेको चार्ड पर्वलाई लक्ष्त गरि विशेष सुरक्षा योजना समेत बनाएको बताए । उनले आफु पोखरामा आएर काम थाले पछि पोखराका ११ स्थानबाट जुवा तास खेल्ने ८२ जनालाई पक्राउ गरि २० लाख ४२ हजार नगर बरामद गरेको बताए ।

सोही अवसरमा कास्कीको माछापुच्छे गाँउपालिका वडा नम्बर ७ मा चोरी गरि भागेका ६ जना चोरहरुलाई सार्वजनीक गरेको छ । उनीहरुको साथबाट ३ तोला ५० लाल सुन, आइप्याड, आइफोन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह