पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सम्मेलन पर्वतमा हुदै

१२ भाद्र २०७४, सोमबार ०२:४४

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  यहि भाद्र ३१ गते बृहत रोट्याक्ट सम्मेलन हुने पर्वतका अध्यक्ष मिलन पौडेलले बताए ।

देशभरका रोट्याक्ट क्लबमा आबद्ध साथीहरुलाई पर्वतमा भित्राउँदै छौ यसले जिल्लाको पर्यटन र होटल व्यवसायी क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास गरेका छौं  पौडेलले भने । रोट्याक्ट सम्मेलनले जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धनलाई समेत मद्दत पुग्ने उनले बताए । 

जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धन गर्नको लागि हामीलाई ठूलो मौका मिलेको छ । यसले आन्तरीक तथा बाह्य पर्यटकहरुलाई जिल्ला भित्राउन ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ । रोट्याक्ट सम्मेलनका संयोजक क्लबका पूर्व  अध्यक्ष विनोद आचार्यले भने । सम्मेलनमा देशभरका झण्डै ६ सयको हाराहारीमा रोट्याक्टरहरु सहभागी हुने अनुमान गरिएको उनले बताए ।

सम्मेलनको सहभागिता अनुसार होटल व्यवस्थापन गरिने र पर्वतका होटलहरुमा अतिथि व्यवस्थापनमा असहज भए बागलुङमा समेत व्यवस्थापन गर्ने तयारी गरिएको आचार्यले बताए ।

विशेषत क्लवले बागलुङ कालिका मन्दिर, पर्वतका तीन अग्ला झोलुङ्गे पुल, गुफा, यान्त्रिक पुल, शालिग्राम शिला लगायतका पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा अंगालेको छ । आर्थिक व्यवस्थापनका लागि विभिन्न सरकारी गैरसकारी निकाय, प्याब्सन, होटल व्यवसायी लगायतसँग अनुरोध गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो