२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

घुम्ती शिविरमार्फत १४ सय ९४ नागरिकता वितरण

२०७४, १२ भाद्र सोमबार ११:१६

भदौ १२, तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सबै स्थानीय तहका केन्द्रहरुमै पुगेर घुम्ती शिविरमार्फत करिब १५ सय जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले दुई सातासम्म जिल्लाका विभिन्न पाँच स्थानमा घुम्ती शिविरको आयोजना गर्दै १ हजार ४ सय ९४ जनालाई नागरिकता प्रमाण–पत्र प्रदान गरेको हो । 

नागरिकको घरदैलो मै पुगेर सरकारले प्रदान गर्ने आधारभूत सेवाहरु प्रदान गर्ने उदेश्य अनुरुप पछिल्ला दुई सातासम्म अभियानकै रुपमा घुम्ती शिविर सन्चालन गरी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकरीद्धय उमेश घिमिरे र जयप्रकाश बस्नेत सहित कर्मचारीहरुको टोलीले नगरपालिका र गाउँपालिकाका केन्द्रहरुमै पुगेर स्थानीयबासीलाई नागरिकता वितरण गरेको हो । 

टोलीले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा ५ दिनसम्म घुम्ती शिविर राखेर ४ सय ५७ जनालाई नागरिकता वितरण गरेको छ । 

यस्तै छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा ३ दिने शिविरमार्फत ३ सय ११ जना र लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा २ दिने शिविरमार्फत ५ सय २६ जनालाई नागरिकता वितरण गरिएको सप्रजिअ घिमिरेले बताए । यस्तै मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा ३ दिने शिविरमार्फत २ सय जनालाई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । 

वर्षाका कारण गाउँबाट सदरमुकाम जान आउन कठिन भइरहेको समयमा जिल्ला प्रशासन कार्यालय आफँै गाउँ आएर सेवा प्रदान गरेपछि गाउँबासी समेत खुसी भएका छन् । जिल्लाका सबै सडक दुई महिना यता वर्षाले क्षतिग्रस्त बनेपछि ठप्प बनेका छन् । 

स्थानीयबासीहरु सदरमुकाम र पुर्वी तराईसम्म यात्रा गर्न सास्ती बेहोर्न बाध्य छन् । प्रशासनले सन्चालन गरेको घुम्ती शिविरले दुर्गम गाउँका बासिन्दालाई भने निकै राहत मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित