भदौ १२,बैतडी। सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ । 

आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,बैतडी। सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ । 

आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाल"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिममा गौरा घर भित्र्याइँदै

१२ भाद्र २०७४, सोमबार १२:२५

भदौ १२,बैतडी। सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ । 

आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् । 

धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । 

व्रतालु महिलाले आज बिहानै नुहाइधुवाईपछि दिनभर व्रत बसी साँझ गौरा घरमा जम्मा भएर गौराको पूजा गर्ने चलन रहिआएको छ । आज भित्र्याइएको गौरालाई महिलाले विभिन्न फागमार्फत आह्वानसमेत गर्ने गर्छन् । व्रतालु महिलाले आज विभिन्न पूजा सामग्री लगेर गौराको पूजा गर्ने चलन छ । आजै व्रतालु महिलाले आफ्ना गुरुबाट दीक्षासमेत लिने गर्छन् । व्रतालु महिलाले आज कुण्ड स्नान गर्ने चलनसमेत रहिआएको छ । यस्तै व्रतालु महिलाले दुबधागो पनि आजै गौरामा चढाउने गर्छन् । आज भित्र्याइएको गौरालाई भोलि दुर्वाष्टमीका दिन गौरा खलामा लगेर पूजा गर्ने गरिन्छ । 

यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामा गौराको चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरुसमेत गौराका लागि घर फर्केपछि गाउँघरमा चहलपहल बढेको हो । गौराको अवसरमा आजभोलि गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायतका खेल भइरहेका छन् । यी खेलमा प्राचीन इतिहास समेटिएको संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताउनुभयो । यी खेलमा देवीदेवताका गाथासँगै वीरपुरुषका इतिहाससमेत समेटेको पाइन्छ । तर यी संस्कृतिका विषयमा युवा पुस्ताका ध्यान नजाँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह