पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हुर्जाको अधिवेशनको तयारी पुरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित हुने

२०७४, १२ भाद्र सोमबार १६:२५

पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक्त सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने साधारणसभामा हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पोखराकी पत्रकार स्मिता अधिकारीलाई प्रदान गर्ने कार्यक्रम रहेको महासचिव विरेन्द्र सापकोटाले बताउनुभयो ।

अधिकारको क्षेत्रमा विशेष कलम चलाउने पत्रकारलाई संस्थाले आफ्नो साधारणसभाको अवसरमा सम्मान गर्दै आएको र संस्थाका निवर्तमान अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीद्धारा स्थापित पुरस्कार यो पटक अधिकारीलाई दिन लागिएको हो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिस अनुसार यसपटक अधिकारीलाई पुरस्कृत गर्न लागिएको र पुरस्कार राशिमा पाँच हजार पाँच, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि पत्रकार श्यामनाथ कुँवर हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ । सोही अवसरमा सञ्चार सम्मान पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकलाई र संस्थागत सम्मान लेखनाथमा रहेको परिवर्तन नेपाललाई सम्मानित गरिने कार्यक्रम रहेको कोषाध्यक्ष असफल गौतमले बताउनुभयो ।

सोमबार हुर्जा पश्चिमाञ्चलका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले साधारणसभामा महासचिव विरेन्द्र सापकोटाले प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन र कोषाध्यक्ष असफल गौतमले प्रतिवेदन गर्ने आर्थिक प्रतिवेदन समेत सर्वसहमत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना