भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

वरिष्ठ पत्रकार राईको उपचारका लागि सहयोगको आह्वान

१३ भाद्र २०७४, मंगलवार ०७:४१


भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सन्चारकर्मी र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । प्रदेश नं. १ का सबै शाखाहरु मार्फत सहयोग संकलन गरेर राईको उपचारमा सहयोग गर्न अपिल गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सीनाले बताउनुभयो । ‘उहाँले आफ्नो जीवन पत्रकारितामा बिताउनुभयो, अहिले उहाँलाई हाम्रो सहयोगको खाँचो छ, त्यसैले उहाँको उपचारका लागि सहयोग गर्न सबै सन्चारकर्मी साथीहरुलाई आग्रह गर्छु,’ केन्द्रीय सदस्य तिम्सीनाले भन्नुभयो । उहाँका अनुसार धनकुटामा पत्रकारहरु बाटै राईको उपचारका लागि ५० हजार बढी रुपैयाँ संकलन भइसकेको छ । 

तेह्रथुममा पनि नेपाल पत्रकार महासंघले सहयोग संकलन गरेर पठाउने तयारी गरिएको छ । लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गरेका राई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएर समेत काम गर्नुभयो । 

उहाँको भदौ १८ गते काठमाडौँ स्थित गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया गरिने तयारी भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह