भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

वरिष्ठ पत्रकार राईको उपचारका लागि सहयोगको आह्वान

२०७४, १३ भाद्र मंगलवार ०७:४१


भदौ १३, तेह्रथुम । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् । 

नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सन्चारकर्मी र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । प्रदेश नं. १ का सबै शाखाहरु मार्फत सहयोग संकलन गरेर राईको उपचारमा सहयोग गर्न अपिल गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सीनाले बताउनुभयो । ‘उहाँले आफ्नो जीवन पत्रकारितामा बिताउनुभयो, अहिले उहाँलाई हाम्रो सहयोगको खाँचो छ, त्यसैले उहाँको उपचारका लागि सहयोग गर्न सबै सन्चारकर्मी साथीहरुलाई आग्रह गर्छु,’ केन्द्रीय सदस्य तिम्सीनाले भन्नुभयो । उहाँका अनुसार धनकुटामा पत्रकारहरु बाटै राईको उपचारका लागि ५० हजार बढी रुपैयाँ संकलन भइसकेको छ । 

तेह्रथुममा पनि नेपाल पत्रकार महासंघले सहयोग संकलन गरेर पठाउने तयारी गरिएको छ । लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गरेका राई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएर समेत काम गर्नुभयो । 

उहाँको भदौ १८ गते काठमाडौँ स्थित गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया गरिने तयारी भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित