पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नगरपालिकाको निर्णय– एक मुठो सागमा पनि कर

२०७४, १४ भाद्र बुधबार ०७:२६

पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३ प्रकारका कृषि जन्य बस्तुमा कर लगाउन निर्णय गरेको हो ।

नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादन तथा सेवाहरुमा कर लगाउने निर्णय गरेको हो । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिका भित्र आयात गर्न कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए ।

ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य बस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरुबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिका भित्र उत्पादन हुने कृषि जन्य बस्तुहरुको परमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरक फरक दररेट समेत कायम गरिएको छ । न्यूनतम एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आव्हान गरिएको नगरप्रमुख शर्माले बताए ।

नगरपालिकाको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको हो उनले भने ।

सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर माछा, केरा तथा अन्य फलफूलमा समेत कर ल गाइएको छ ।

कर्मचारीको तलबभत्ता व्यवस्थापन र भौतिक पूर्वधार निर्माणको लागि भन्दै सामान्य बस्तुमा समेत कर लगाएपछि नगरबासीले विरोध गर्न थालेका छन् ।

स्थानीयबासीले नगरपालिकाले सेवासुविधा दिनको लागि हो कि लुट्नको लागि भन्दै आक्रोश व्यक्त गरेका छन् । सामान्य चीजमा पनि कर लगाउनु कही नभएको जात्रा हाडी गाउमा भनेजस्तो भएको स्थानीयले गुनासो गरेका छन् ।

नगरपालिकाले तीनवटा नाका  सदरमुकाम कुश्माबसँग जोडिने फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडक अन्तर्गत मल्याङ्गदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको कार्यकारी अधिकृत मोती सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित