इमरान खान। भादौ १४, कपिलवस्तु ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान। भादौ १४, कपिलवस्तु ।"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा किसानलाई सास्ती र कालाबजारियाहरु लाई मस्ती

२०७४, १४ भाद्र बुधबार ११:२९

कालाबजारीयाहरुले पेट्रोल १४० रूपया प्रति लिटर बिक्री गरेकोले जनतालाई समस्या र मार्का



इमरान खान। भादौ १४, कपिलवस्तु । एक साता पहिला बाढी पहिरोको मारमा परेका कपिलवस्तु जिल्लाका किसानहरु यतिबेला पेट्रोल तथा डिजलको कालोबजारीको मारमा परेका छन । 

कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका, बहादूरगंज, रूद्रपुर, सिरसिहवा, झिगहा लगायतका पेट्रोल पम्पहरूमा पेट्रोल तथा डिजलको कमीको कारणले किसान र व्यापारीहरूलाई सास्ती झेल्नु परिरहेको छ । पेट्रोल तथा डिजलको अभावले कृष्णनगर नगरपलिका, बहादूरगंज लगायतका बजारहरुमा कालाबजारियाहरुले पेट्रोल १४० रूपया प्रति लिटर बिक्री गरेकोले जनता, किसान तथा व्यापारीहरूलाई समस्या भोग्नु परिरहेको स्थानियबासि शाहबाज खानले बताउनु भयो ।

पेट्रोल पम्पहरुमा पट्रोल तथा डिजल नहुने तर बजारको किराना पसल तथा पानको पसलहरूमा कालोबजारीहरुले महँगो मूल्यमा पेट्रोल तथा डिजलहरु पाइने भएकोले यो पेट्राल तथा डिजलहरु कहाँबाट ल्याई बिक्री गरिरहेको छन । यो समस्यालाई लि कपिलवस्तु जिल्लाका लागि गम्भीर प्रश्न खडा भएको छ । यो पेट्रोल पम्पहरुकै कालो बजारीमा पेट्रोल तथा डिजलहरु बिक्री र जनतामाथि चर्को मूल्य थोपर्ने प्रपञ्च हो भन्ने किसानहरु तथा स्थानियबासि शाहबाज खानले अरोप लगाएका छन । एक साता देखि यस्तो कालाबजारीया भईरहेको तर सम्बन्धित निकायहरुले हेरेर पनि कुनै कारवाही नगरेको स्थानियबासि शाहबाज खानले अरोप समेत लगाएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते