भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गमा नयाँ डी.एस.पी. कडेलको पहिलो काम यस्तो छ

१४ भाद्र २०७४, बुधबार १४:०३


भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले अबैध मदीरा बरामत गरी नष्ट गरेका छन्  । 

बझाङ जिल्लाको सदरमुकाम चैनपुरका होटेल तथा पसलहरु बाट दैनिक रुपमा विक्री हुने गरेको अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने भन्दै प्रहरी प्रमुख ऋर्षी राम कडेलको नेतृत्वमा खटीएको प्रहरीको टोलीले आज सदरमुकाम चैनपुरका होटृल तथा पसलहरुमा छापा मारेको हो । बझाङमा अबैध मदिरा निकै विक्री हुने गरेको सुने पछी यस लाई बन्द गर्न अभियान नै सन्चालन गर्ने प्रहरी नायब उपरिक्षक कडेलको भनाई छ । 

जिल्ला प्रहरी कार्यलयको तथ्याङ अनुसार झण्डै ८० प्रतिशत अपराधिक गतीविधीहरु मदीराकै कारण भएको बताउदै डीएसपी कडेलले यसलाई पुर्ण रुपमा बन्द गर्ने अभियान नै जिल्ला भरी सन्चालन गर्ने बताए । अबैध मदीरा मात्र बन्द गर्न सके ५० प्रतिशत अपराधिक गतीविधी घट्ने उहाँको अनुमान छ । यस विषयमा जिल्लामा नवनिर्वाचीत प्रतिनिधीहरुले पनी आ आफ्नो वडाहरुमा अभियान सन्चालन गर्नु पर्ने जिल्लाका केही जानकार ब्यक्तीहरुको भनाई छ । 


बुधबार सदरमुकाम चैनपुरका केही पसल तथा होटेलहरुमा छापा हान्दा १६० लिटर मदीरा तयार पार्न राखेको कच्चा पदार्थ र ३० लिटर तयार पारीएको अबैध मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा मात्र नभई जिल्ला भरी नै अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए ।   “यो अभियान सदरमुकाम चैनपुर बाट सुरुवात गरीएको हो अबको केही दिनमा जिल्ला भरी नै सन्चालन हुने उहाँको भनाई छ” । 

दशै तिहार तथा चाँडबाँडको समयमा मात्र अबैध मदिारका पसलहरुमा छापा हान्ने काम भए पनी अब यो अभियान नयमीत रुपमा सन्चालन गरीने प्रहरीको भनाई छ । – डीवि विष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह