दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मा"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका जेहन्दार काठ्माण्डौमा सम्मान

१४ भाद्र २०७४, बुधबार १७:४६


दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको छ । केही महिना पहिले सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्वद्ध तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा स्थापना गरिएको अक्षयकोषबाट ५ जना बालबालिकाहरुलाई सम्मान गरिएको हो ।

सामुदायिक बिद्यालयहरुमा अध्ययन गरी एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने ५ जनालाई आज शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको प्रमुख आथित्यतामा नगद पुरस्कार सहित सम्मान गरिएको छ ।  

काठ्माण्डौको प्रज्ञा भवनमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री अधिकारीले कर्नालीमा गुणस्तर शिक्षाका निम्ति सरकारले प्रभावकारी नीति अबलम्बन गर्ने बताउनु भएको छ । यस्तै ‘सुन्दर कालिकोट, सम्मृद्ध कालिकोट’का अभियान्ता शाहीले आफ्नो नेतृत्वमा थालिएको यो अभियान राजनीति गर्न वा चुनाव जित्नका लागि नभई कालिकोटका जेहेन्दार एवं विपन्न बालबालिकाहरुको पढाईमा हौसला प्रदान गर्नका लागि अभियान थालिएको बताउनु भएको छ । 


गएको एसईईमा जिल्लामै उत्कृष्ट अंक ल्याउने कालिकोट खाडाचक्र नगरपालिकाका सम्मृद्धि बोहरालाई १० हजार र अन्य ४ जना शान्नीत्रिबेणीका देवजंग शाही, नविन नेपाली, खाडाचक्र नगरपालिकाका दान विक कालिका गाउपालिकाका नरेन्द्र बुढामगरलाई जनहि ५ हजारका दरले सम्मान गरिएको छ । विपन्न बालबालिकाहरुको पढाई प्रति अभिरुची जगाउन हौसला प्रदानका लागि सुन्दर कालिकोट समृद्ध कालिकोटले थालेको अभियानलाई साथ दिन अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका शिक्षा व्यवसायी एवं समाजसेवी राम श्रेष्ठले सम्मान कार्यक्रममा बोल्दै रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह