११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै

१५ भाद्र २०७४, बिहीबार ०४:३६

सम्राट सिंह/भदौ १५, बझाङ । गौरा पर्वको चौथो  दिन आज बझाङ जिल्लाका ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै आइरहेका छन ।

जिल्लाको सदरमुकाम तथा आसपासका क्षेत्रहरुमा गौरा पर्वको रौनक नदेखिएतापनि ग्रामिण भेगमा भने गौरा पर्वको रौनक छाएको छ । ग्रामिण भेगका महिलाहरुले विहानै नुवाई धुवाई गरि गौरा घरमा भेला गर्ने गर्दछन । माता पार्वतीको प्रतिकका रुपमा धान,तील,जौँ लगायतका बोट विरुवाबाट गौरी माताको प्रतिमा स्थापना गरी पुजन गर्ने गरिन्छ भने कतै तामा लगायतका धातुहरुको प्रयोग गरी गौरी माताको प्रतिमा बनाइएको हुन्छ । गौरीमाताको प्रतिमालाई अष्टमीका दिन गौरी तथा महेश्वरको गाथा गाई विशेष पुजा गरीने परम्परा चलिआएकोे छ ।  

जिल्लाको बुङगल क्षेत्र, छविसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका लगायतका ठाउँमा गौरा पर्व धुमधाम मनाउने गरेका छन । गौरा पर्वमा महिलाहरुले फाग गाउने र पुरुषहरुले फागनाच नाच्ने गरेका छन । गौरापर्वमा विषेश गरी विभिन्न प्रकारका गेडागुडीहरुलाई उमारेर क्वाठी बनाई खाने गरेका छन ।

जनैपूर्णिमाका दिन पुरुषहरुले जनै फेरे झै गौरापर्वमा महिलाहरुले लगाउने दुबधागो फेर्ने गर्दछन् । अष्टमीका दिन देखि गौरी माताको पुजा आराधना गरी महिलाहरुले दुबधागो लगाउने तथा पञ्च विरुडाले आफन्तजनको शरीर पुजन गरी गौरापर्वको विसर्जन गर्ने गरिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह