२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फालेलुङमा पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

२०७४, १५ भाद्र बिहीबार ०८:४४

भदौ १५,पाँचथर। साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । 

साउन २६ गते बिहान गएको पहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् । 

पहिरोका कारण ठाउँ–ठाउँमा धाँजा फाटेर घरमा बस्न नहुने भएको र विद्यालय पुग्ने बाटो पनि अवरुद्ध भएकाले विद्यालय जाने स्थिति नभएको उल्लेख गर्दै विद्यालयको अनुगमनमा जानुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले भन्नुभयो, “बाटो घाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ ।” 

आइतबरबाट विद्यालय सञ्चालन गर्ने प्रयास गरेपनि निरन्तर पानी परेका कारण नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राईले बताउनुभयो । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ– ३ र १ मा बढी क्षति गरेको थियो । 

अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ । 

पहिरोका कारण फालेलुङ– ३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एकहप्ता भन्दा बढी पठनपाठन अवरुद्ध भएको फालेलुङ गाउँपालिका वडा– ३ का वडाध्यक्ष वुद्धिमान सावदेन ‘विश्वास’ ले बताउनुभयो । 

बाढी परिहरोका कारण स्थानीय जिमाहास्थित सिद्धदेश्वरी माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत एक बालिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी बालिका अझै बेपत्ता भएको सावदेनले बताउनुभयो । 

फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिबाट भित्तो खसेर केही कक्षा कोठामा क्षति पु¥याएको र हिलिहाङ–६ स्थित लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका सातवटा कोठा भत्किएका थिए । 

पहिरोका कारण कक्षा कोठा भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएकाले अन्यत्र कक्षाको व्यवस्थापन गरी विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते