पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य ज"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा वेपत्ता हुनेको संख्या बढ्दो, प्रहरी अनुसन्धान असफल

१६ भाद्र २०७४, शुक्रबार ०२:२६

पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य जिल्लाको रुपमा लिने गरिन्छ । सामान्य अपराधका घटनाहरु घटेका उदाहरण भएपनि जघन्य र संगठित प्रकारका अपराधिक घटनाहरु भने नगन्य भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा पछिल्ला केही वर्ष यता महिला र बालबालिकाको  बढ्दो वेपत्ता हुने दर चिन्ताजनक छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांक अनुसार २०७३ साउनदेखि गत असारसम्म वेपत्ता हुने महिला तथा बालबालिकाको संख्या ११५ जना रहेको छ । यसमध्ये सवैभन्दा बढी महिलाहरु ७८ जना रहेका छन् । वेपत्ता पुरुषको संख्या भने केही कम छ । पर्वत कुश्मानगरपालिका १ पाङ घर भई कुनपा १२ स्थित आइवल एकेडेमी बोर्डिङ स्कुलमा पढाउदै आएका शिक्षक नारायण पौडेल वेपत्ता भएको करीव १५ दिनपछि भेटिए तर उनी कालीगण्डकी नदी किनारामा मृत फेला परे । उनी गत जेष्ठ २४ गते कोठाबाट नै वेपत्ता भएका थिए ।

 उनको हत्यामा संलग्न भएको आरोपमा स्कुलका प्रिन्सिपल सहित पाँच जनाका विरुद्ध प्रहरीले कर्तव्य ज्यान सम्वन्धी मुद्धा अदालतमा दर्ता गरेको छ । हाल उनीहरु अदालतको आदेशमा धरौटीमा रिहा भईसकेका छन् । शिक्षक पौडेलको वेपत्ता र हत्याप्रकरण रहस्यमय बनेको छ । वेपत्ता भएका नागरिकमध्ये थोरै संख्या मात्र फेला पर्ने गरेका छन् । वेपत्ता ७८ जना मध्ये १८ जना आफन्तद्धारा फेला भएको पाइन्छ भने प्रहरीद्धारा १० जना महिला फेला परेका छन् । 

महिलाहरु वेपत्ता हुनुको खास कारणमा आर्थिक गरिवी, वैदेशिक रोजगार, बालविवाह लगायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिलाराज लामिछाने बताउँछन् । वैदेशिक रोजगारीले मुलुकमा रेमिटान्स भित्रिएको कुरा राम्रो पक्ष हो तर यससँगै यसले सामाजिक विचलन र विकृति समेत निम्त्याउदै छ । श्रीमान् परदेश गएका बेला यता युवाअवस्थाकी श्रीमती परपुरुषसँग मायाप्रिती राखेर भाग्ने गरेका उदाहरण थुपै्र छन् । कतिपय महिलाले विदेशबाट श्रीमान्ले पठाएको धनसम्पत्ति समेत कुम्ल्याएर भाग्दा परिवार नै भताभुङग भएको अवस्था पनि छ । परिवारमा आर्थिक जिम्मेवारी लिएर घरायसी कारोवार गर्दै आएका महिलाहरु घर नै छाडेर वेपत्ता भएको समेत पाइन्छ । कुश्मा न.पा.६ की लक्ष्मी गिरी यही भदौ २ गते घरायसी आर्थिक कारोवारलाई कारण जनाउदै घरबाट वेपत्ता भएकी छन् । उनी कहाँ गइन् ? भन्ने कुरा दुई हप्ता वितिसक्दा समेत कुनै पत्तो लाग्न सकेको छैन । उनले वेपत्ता पुर्व आर्थिक कारोवारबारे केही पेज लेखेर छाडेकी छन् ।आजको सहारान्यूज दैनिकमा खबर छ ।

 आर्थिक कारोवार मिलेमा आफू आउन सक्ने भन्ने कुरा समेत कागजमा लेखेको पाइएको छ । वेपत्ता गिरीका परिवारले प्रहरीमा खोजी गरिदिनुहुन भनी निवेदन दिएका छन् । प्रहरीले खोजी कार्यलाई अगाडि बढाएको जनाएको छ । परिवार स्रोतका अनुसार वेपत्ता गिरीसँग श्रेष्ठ थरकी स्थानीय एक महिलाले पटक पटक गरी ठुलो रकम लिएकी थिइन् । सापटी दिएको लाखौ रकम फिर्ता नपाउदा वेपत्ता भएकी लक्ष्मी गिरी तनावमा थिइन् । तनाव झेल्न नसकेपछि उनी वेपत्ता भएको हुनसक्ने बताइएको छ । घर छाड्नुको कारणमा गिरीले लेखेको पत्रमा श्रेष्ठ थरकी महिलालाई नै दोष दिइएको पाइएको छ । 

यसैगरी वेपत्ता हुनेमा पर्वतको फलेवास नगरपालिका मुडिकुवा घर भई जिल्ला कृषि विकास वैंकमा कार्यरत कर्मचारी दिपेन्द्र गौडेल हुन् । गौडेल एकाएक रातको समयमा घर छाडेर हिडेकोमा केही दिन पछि मृत फेला परेका थिए । प्रहरीका अनुसार उनले आत्महत्या गरेका थिए । 

पर्वतमा वेपत्ता नागरिकको संख्या वृद्धि हुनु चिन्ताको विषय बनेको छ । वेपत्ताका कारणहरुमा घरायसी मनमुटाव, झगडा समेत रहेका छन् । वेपत्ताको कारण पहिल्याई समाजमा शान्ति, सुरक्षा, मैत्रीभाव, सद्भाव स्थापना गर्न सामाजिक अन्तरक्रियात्मक कार्यक्रमहरु अगाडि बढाउनुपर्ने देखिन्छ ।  


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह