११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भाइरलका बिरामी बढे

१६ भाद्र २०७४, शुक्रबार ०७:०५

भदौ १६, बैतडी । मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । 

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी आउने गरेका छन् । बर्सातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको डा जगदीश विष्टले बताउनुभयो । अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ । 

यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिगास स्वास्थ्य चौकीलगायत विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्र्मीले बताएका छन् । अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल र टनसिलका बिरामी दैनिक ७० भन्दा बढी आउने गरेको डा नवीन्द्र ढकालले बताउनुभयो । 

बिरामी दैनिकरुपमा बढ्दै जाँदा औषधिको अभाव भएको उहाँले बताउनुभयो । सिगास स्वास्थ्य चौकीमा पनि बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्यचौकीले जनाएको छ । यस्तो बेलामा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह