२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भाइरलका बिरामी बढे

२०७४, १६ भाद्र शुक्रबार ०७:०५

भदौ १६, बैतडी । मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । 

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी आउने गरेका छन् । बर्सातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको डा जगदीश विष्टले बताउनुभयो । अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ । 

यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिगास स्वास्थ्य चौकीलगायत विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्र्मीले बताएका छन् । अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल र टनसिलका बिरामी दैनिक ७० भन्दा बढी आउने गरेको डा नवीन्द्र ढकालले बताउनुभयो । 

बिरामी दैनिकरुपमा बढ्दै जाँदा औषधिको अभाव भएको उहाँले बताउनुभयो । सिगास स्वास्थ्य चौकीमा पनि बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्यचौकीले जनाएको छ । यस्तो बेलामा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित