भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित वि"/>
2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भ्रष्टाचार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका

भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित विद्यार्थी अभिमुखीकरण कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि युवावर्गको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । 

भ्रष्टाचारले नेपाली समाज ग्रसित बनिरहेको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समाजबाटै निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले राज्यमा सुशासन कायम हुन नसक्दा भ्रष्टाचारयुक्त देशको सूचीमा नेपाल परेको बताउँदै विद्यार्थी तथा युवावर्ग यसको अन्त्यका लागि जागरुक बन्नुपर्ने बताउनुभयो । उहाँले जवाफदेहिता, पारदर्शिता, कानूनको शासन, उत्तरदायीपन आदिका माध्यमबाट भ्रष्टाचार न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

पत्रकार राजेन्द्र फुयाँलले विद्यालय तहदेखि नै समाजमा सुशासन कायम गर्न सहयोग पु¥याउने किसिमका पाठ्यक्रम राख्नु आवश्यक भएको बताउँदै संस्थागतरुपमै भ्रष्टाचार हुने प्रवृत्तिले दिनप्रतिदिन जटिलता निम्त्याएको बताउनुभयो । 

बुधबारदेखि कास्कीका विभिन्न विद्यालयमा जारी अभिमुखीकरण कार्यक्रममा ११ र १२ कक्षाका साथै स्नातक तहका विद्यार्थीलाई भ्रष्टाचार नियन्त्रण एवम् न्यूनीकरणका विविध पक्षबारे जानकारी गराइएको सेन्टर फर मिडिया फ्रिडमका संस्थापक सदस्य एवं पत्रकार बिमल गौतमले जानकारी दिनुभयो । 

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले यस किसिमका अभिमुखीकरणले बिस्तारै जनमानसमा भ्रष्टाचार विरुद्धको सचेतना अभिवृद्धि गर्ने बताउनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

परियोजना निर्देशक डा. पियुष मिश्रका अनुसार बुधबार पार्दी उच्च मावि, छोरेपाटन उच्च मावि र बिहीबार जनप्रिय बहुमुखी क्याम्पसका लगभग चारसय विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ । 

त्यस्तै, शुक्रबार गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरेपाटन र रुपा गाउँपालिकास्थित रामकोट उच्च माविमा अभिमुखीकरण गराइने आयोजकले जनाएको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह