भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

१६ भाद्र २०७४, शुक्रबार ०८:३०

भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको अस्थायी केन्द्र पाखापानीस्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थायी केन्द्र वडा नं ३ पीपलेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा नं ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधि तथा बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । 

गाउँपालिकाअन्तर्गतका केही कार्यालय पाखापानीमा रहनुपर्ने मागसहित शुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको वडा नं ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । 

उहाँका अनुसार दुईवटा वडाले मालपोत, नापी, वन र स्वास्थ्यसम्बन्धी कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनीहरुले गाउँपालिका कार्यालय जान हिँडेका कर्मचारीलाई बाटोबाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकिएको थियो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह