लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपराध नियन्त्रणमा सहयोग पुर्याउन दार्चुला प्रहरी प्रमुख शाहीको आग्रह

१७ भाद्र २०७४, शनिबार ०४:३६


लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा आफ्नो कार्यकालमा ३० प्रतिशत सुधार गर्नेगरी काम गर्ने बताउँनुभएको छ । 

जिल्ला प्रहरी प्रमुखको रुपमा दार्चुला आएपछि शुक्रबार जिल्लास्थीत सरोकारवालाहरुसंगको सुझाब संकलन तथा परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । 

परिचयात्मक कार्यक्रमका सहभागिहरुले मदिरा र जुवातास नियन्त्रण गर्नमा प्रहरीले भुमिका खेल्न सक्नुपर्ने, त्रिदेशीय सिमामा सुरक्षा उपस्थिति बढाउँन पहल गरीनुपर्ने र प्रहरी पोष्टहरुको स्तरोन्नति गर्नुपर्ने, सदरमुकाममा सञ्चालित होटल र बियरबारहरुमा राखीएका युवतिहरु राख्न बन्द गर्नुपर्ने, यार्सागुम्बाको अबैध ओसारपसार रोक्नुपर्ने, राजस्व छली गर्नेलाइ कारबाहि गर्न सक्नुपर्ने, त्रिदेशीय सिमा क्षेत्रमा हुने सिमा अपराध अबैध चोरी सिकारी नियन्त्रण रोक्नुपर्ने र जनताले सुरक्षाको अनुभुति गर्नेगरी प्रहरीले काम गर्नुपर्ने लगायत सुझाब दिएका थिए । 

सहभागिहरुबाट प्राप्त सुझाबपश्चात प्रहरी प्रमुख साहीले सम्पुर्ण समस्या समाधानमा आबश्यकता अनुसार सबै पक्षसंग समन्वय गरेर शान्ती सुरक्षाको ब्यबस्थापनमा प्रहरी प्रसासन लागीपर्ने बताउँनुभएको छ ।

जिल्लाका बिभिन्न गाउँपालीका तथा नगरपालीकाहरुले सञ्चालन गरेको मदिरा नियन्त्रण र ब्यबस्थापनको कार्यमा प्रहरी प्रसासनको पुर्ण सहयोग रहने प्रहरी प्रमुख साहीले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

दार्चुलामा सञ्चार समस्या र भगौलीक कठिनाइ अपराध नियन्त्रणमा चुनौति बन्नसक्ने भन्दै यसमा आम नागरीकको सहयोग आबश्यक पर्ने बताउँनुभएको छ । सबैले सहि सुचना दिएर प्रहरीलाइ सहयोग गर्न डिएसपी साहिले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागी जिल्लास्थीत राजनितिक दलका प्रमुख प्रतिनिधि, बिभिन्न कार्यालय र संघ संस्थाका प्रमुख प्रतिनिधि, महिला सञ्जाल, मानब अधिकारकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले जिल्लाको समस्याहरुबारे सुझाब दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य