लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपराध नियन्त्रणमा सहयोग पुर्याउन दार्चुला प्रहरी प्रमुख शाहीको आग्रह

२०७४, १७ भाद्र शनिबार ०४:३६


लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा आफ्नो कार्यकालमा ३० प्रतिशत सुधार गर्नेगरी काम गर्ने बताउँनुभएको छ । 

जिल्ला प्रहरी प्रमुखको रुपमा दार्चुला आएपछि शुक्रबार जिल्लास्थीत सरोकारवालाहरुसंगको सुझाब संकलन तथा परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । 

परिचयात्मक कार्यक्रमका सहभागिहरुले मदिरा र जुवातास नियन्त्रण गर्नमा प्रहरीले भुमिका खेल्न सक्नुपर्ने, त्रिदेशीय सिमामा सुरक्षा उपस्थिति बढाउँन पहल गरीनुपर्ने र प्रहरी पोष्टहरुको स्तरोन्नति गर्नुपर्ने, सदरमुकाममा सञ्चालित होटल र बियरबारहरुमा राखीएका युवतिहरु राख्न बन्द गर्नुपर्ने, यार्सागुम्बाको अबैध ओसारपसार रोक्नुपर्ने, राजस्व छली गर्नेलाइ कारबाहि गर्न सक्नुपर्ने, त्रिदेशीय सिमा क्षेत्रमा हुने सिमा अपराध अबैध चोरी सिकारी नियन्त्रण रोक्नुपर्ने र जनताले सुरक्षाको अनुभुति गर्नेगरी प्रहरीले काम गर्नुपर्ने लगायत सुझाब दिएका थिए । 

सहभागिहरुबाट प्राप्त सुझाबपश्चात प्रहरी प्रमुख साहीले सम्पुर्ण समस्या समाधानमा आबश्यकता अनुसार सबै पक्षसंग समन्वय गरेर शान्ती सुरक्षाको ब्यबस्थापनमा प्रहरी प्रसासन लागीपर्ने बताउँनुभएको छ ।

जिल्लाका बिभिन्न गाउँपालीका तथा नगरपालीकाहरुले सञ्चालन गरेको मदिरा नियन्त्रण र ब्यबस्थापनको कार्यमा प्रहरी प्रसासनको पुर्ण सहयोग रहने प्रहरी प्रमुख साहीले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

दार्चुलामा सञ्चार समस्या र भगौलीक कठिनाइ अपराध नियन्त्रणमा चुनौति बन्नसक्ने भन्दै यसमा आम नागरीकको सहयोग आबश्यक पर्ने बताउँनुभएको छ । सबैले सहि सुचना दिएर प्रहरीलाइ सहयोग गर्न डिएसपी साहिले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागी जिल्लास्थीत राजनितिक दलका प्रमुख प्रतिनिधि, बिभिन्न कार्यालय र संघ संस्थाका प्रमुख प्रतिनिधि, महिला सञ्जाल, मानब अधिकारकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले जिल्लाको समस्याहरुबारे सुझाब दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ