२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा आमा समूहको आग्रहमा मदिरा निषेध गरियो

१७ भाद्र २०७४, शनिबार ०५:०६

लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ शिखरमा आमा समूहको आग्रहमा वडापालिका कार्यालयले मदिरा निषेध गरेको छ । 

मदिराको कारण समाजमा विकृति बढेको भन्दै आमा समूह, महिला समूहले सामूहिक हस्ताक्षर गर्दै मदिरा निषेध गर्न माग गरेपछि वडापालिका अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको बैठकले मदिरा बन्द गर्ने निर्णय कार्यान्वय गर्ने निर्णय गरेको हो ।

वडापालिकाले मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई पहिलो पटक २ हजार, दोहोर्याएमा २ हजार ५ सय पटक पटक दोहोर्याएमा ३  हजार रुपैयाँका दरले जरिवाना थप्दै जाने निर्णय गरेको छ । 

यस्तै मदिरा ओसार पसार गर्ने व्यक्तिलाई पहिलो पटक ३ हजार पटक पटक दोहोर्याएमा ५ हजार रुपैयाँ, जरिवाना हुने उल्लेख छ । बेचबिखन गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार रुपैयाँ तथा दोहोर्याएमा १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको अध्यक्ष खडायतले बताउनुभयो ।

वडापालिका कार्यालयले मदिरा व्यवस्थापनमा सहयोग गरेबाफत प्रहरी चौकीलाई ४० प्रतिशत, मदिराबारे सूचना दिने आमा समूह महिला समूह लगायतलाई ३० प्रतिशत र बाकी बचत हुने आउने ३० प्रतिशत रकम वडापालिका कार्यालयको आम्दानी हुने उल्लेख गरेको छ ।

पछिल्लो समय दार्चुला जिल्लाका बिभिन्न गाउँपालीका नगरपालीका र वडाहरुमा आमा समुह, बालक्लबहरुको दबाबपछि मदिरा नियन्त्रण एब. ब्यबस्थापनमा सुधार देखीन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला