२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेपाली कथानक चलचित्र प्रेम गितमा समेटिएका गितका बोलहरु सार्वजनिक

१२ कार्तिक २०७२, बिहीबार ०३:५९

कात्तिक १२, धनगढी । नेपाली कथानक चलचित्र प्रेम गितमा समेटिएका गितका बोलहरु सार्वजनिक गरिएको छ । बुधबार धनगढीमा आसुसेन फिल्म प्रोड्क्सनले पत्रकार सम्मेलन गरि चलचित्रमा रहेका गितका बोलहरु सार्वजनिक गरेको हो ।

युवाहरुमा आकर्षणका रुपमा रहेको प्रेमलाई कथामा समेटेर बनाइएको प्रेम गित चलचित्रमा ६ वटा गितहरु रहेको आसुसेन फिल्म प्रोड्क्सनका अफिसर रेशमजंग शाहले बताए । चलचित्र पे्रम गितमा ६ वटा गित रहेको भएपनि अहिले २ वटा गितमात्र सार्वजनिक गरिएको उनले बताए ।

चलचित्रमा रहेको ‘म त अल्पत्रै पर्छु’ र ‘म यस्तो गित गाउँछु जुन अम्मर बनोस’ भन्ने गित सार्वजनिक गरेका हुन । चलचित्रमा यी दुई गितनै दर्शकहरुमाझ लोकप्रिय बन्ने शाहले जानकारी दिए ।

अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ । भ्यालेन्टाईन डेका दिनलाई मध्यनजर गरि देशभरी प्रदर्शनमा ल्याउन लागेको चलचित्र प्रेम गितको सुटिङ पुरा भईसकेको छ । नेपालमा बनेका चलचित्रहरु मध्ये यो दोस्रो महँगो चलचित्र रहेको निर्माताहरुले जानकारी दिएका छन् । चलचित्र निर्माताका अनुसार चलचित्रमा एक करोड भन्दा बढी लगानि रहेको बताए ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

चलचित्र प्रेम गितमा लामो समयदेखि नेपाली चलचित्रबाट बाहिरिएर विदेशमा जागिर गर्न गएका चर्चित कलाकार सरोज खनाललाई पहिलो पटक उनका प्रियहरुले देख्न पाउने शाहले बताए ।

चलचित्रप्रति आकर्षण गर्न गराउन आसुसेन फिल्म प्रोड्क्सनले सुगम पोखरेल र अन्जु पन्तलाई ल्याएर राष्ट्र व्यापी कन्सर्ट गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’