२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

भारतको मालपा पहिरोको प्रभाव दार्चुलामा पनि पर्यो

१७ भाद्र २०७४, शनिबार १३:२९


लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । भारतको मालपा क्षेत्रमा खसेको पहिरोले सडक अवरूद्ध भएपछि दार्चुलाको ब्याँस गाउँपालिकाका बासिन्दा खाद्य संकटमा परेका छन् । 

ब्याँसका बासिन्दाहरुको मुख्य बजार भारतको धारचुला र सदरमुकाम खलंगा हो । तर, त्यहाँसम्म पुग्ने बाटो पहिरोले बन्द भएको दुई हप्ता भइसकेको छ । पहिरोका कारण आवतजावत बन्द भएपछि भारतीय बजार धार्चुलामा निर्भर व्याँस गाउँपालिका १ व्याँसका बासिन्दाहरु समस्यामा परेका हुन् ।

भारतको मालपा र घटियाबगर लगायतका ठाउँ ठाउँमा खसेको पहिरोका कारण पाङ्ला मालपा सडकखण्ड गत साउन ३० गतेदेखि अबरुद्ध छ । नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो भएर आवत जावत गर्ने यसक्षेत्रका बासिन्दा अहिले भारतीय बाटो समेत अबरुद्ध हुँदा नाकाबन्दीमा परेको जस्तै अनुभूति गरेका छन् ।

घरमा घोडा खच्चर पालेकाहरुले चीनको ताक्लाकोटबाट खाद्यान्न ल्याउने गरेका छन् तर त्यो पनि नहुनेहरुको बिचल्ली भएको छ । भारतीय बस्तीहरुमा भने हेलिकोप्टर मार्फत भारत सरकारले खाद्यान्न ढुवानी गर्दै आएको छ । तर, नेपाली नागरिकहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् । नेपाल सरकारको ध्यान आफ्ना नागरिक समस्यामा परेको तर्फ गएको छैन ।

खाद्य संकटमात्रै होइन विरामीहरु जिल्ला अस्पताल ल्याउन समेत अप्ठेरो भएको व्यास स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट जगदीश ऐतवालले बताए । ‘

मालपा क्षेत्रको पहिरोमा परेर भारतीय सुरक्षाकर्मी र नेपाली नागरिकहरुसहित ३ दर्जन बढीले ज्यान गुमाइसकेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला