११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

१८ भाद्र २०७४, आईतवार ०८:४४

 भदौ १८,चौतारा। अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । 

सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिनुभयो । 

सडकको भित्तोमा कडा चट्टान भएकाले भित्तो काट्न नसकेपछि सामान्य मर्मत गरी यातायात सञ्चालन गरिएकाले फेरी कतिबेला रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयवासीको भनाइ छ । त्यस ठाउँमा एक महिनादेखि नै सडक भास्सिन शुरु गरे पनि सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हुँदै आइरहेको थियो । 

वर्षा हुनेक्रम नरोकिएकाले भास्सिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दोरुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान् चाड वडादशैँमा घर फर्कनेलाई असर पुग्नसक्ने चिन्ता स्थानीयवासीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह