पर्वत । स्थानीय तहमा कर्मचारी परिचालन नहुदाँ पर्वतका नागरिकहरुले आफ्नो स्थानीय तहअनुसारनै सेवा सुविधा पाउन अझै सकेका छैनन् । कर्मचारी स्थानीय तहमा खटाउने विषयमा नाताबाद, क्रिपाबाद र राजनीतिकरण हुन थालेपछि पर्वतमा कर्मचारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहमा कर्मचारी परिचालन नहुदाँ पर्वतका नागरिकहरुले आफ्नो स्थानीय तहअनुसारनै सेवा सुविधा पाउन अझै सकेका छैनन् । कर्मचारी स्थानीय तहमा खटाउने विषयमा नाताबाद, क्रिपाबाद र राजनीतिकरण हुन थालेपछि पर्वतमा कर्मचारी"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

सिडिओलाई प्रधानमन्त्रीको कार्यालयबाट फोन आएपछि….

१८ भाद्र २०७४, आईतवार ०९:०२

पर्वत । स्थानीय तहमा कर्मचारी परिचालन नहुदाँ पर्वतका नागरिकहरुले आफ्नो स्थानीय तहअनुसारनै सेवा सुविधा पाउन अझै सकेका छैनन् । कर्मचारी स्थानीय तहमा खटाउने विषयमा नाताबाद, क्रिपाबाद र राजनीतिकरण हुन थालेपछि पर्वतमा कर्मचारी स्थानीय तहमा परिचालन हुन नसकेका हुन् ।

 सरकारले स्थानीय तहमा कर्मचारी परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पिएको छ तर पनि अझै कर्मचारी परिचालन हुन सकेका छैनन् । राजनीतिक दलमा आस्था राख्ने कर्मचारी र नाताबादमा शुत्रबद्द भएका कर्मचारीहरु प्रधानमन्त्रीको कार्यालयको फोर्स लगाएर जिल्ला सदरमुकाममै बस्ने सोच बनाउन थालेपछि पर्वतमा कर्मचारी परिचालनले पूर्णता पाउन सकेको छैन ।

 प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई प्रधानमन्त्रीको कार्यालयबाट फोन गराउनको लागि महिला तथा बालबालिका कार्यालयमा रहेकी सवैभन्दा जुनियर कर्मचारी अनिता कुमारी शर्मा यतिबेला शक्तिशाली देखिएकी छिन् । 

उनले आफ्नो दाजुभाइ मार्फत प्रधानमन्त्रीको कार्यालयमा सम्पर्क गर्न लगाइ सिडिओलाई फोन गर्न भनेपछि उनी अहिले कुनै पनि स्थानीय तहमा परिचानल नहुने भएकी छिन् । विभाग मन्त्रालयको परिपत्र अुनसार उनी विहादी गाउँपालिका र महिला तथा बालबालिका कार्यालयले सिफारिस गरे अनुसार उनी महाशिला गाउँपालिकामा जानुपर्छ ।

प्रधानमन्त्रीको कार्यालयबाट फोन आएपछि सिडिओ पन्थीले उनको नामलाई हाल पेन्डिङमा राखी महिला तथा बालबालिका कार्यालयका कर्मचारी परिचालन गर्ने निर्णय गरेको बुझिएको छ ।

 विभाग मन्त्रालयले कर्मचारीको जेष्ठाताको आधारमा परिचालन गर्नको लागि परिपत्र गरेता पनि सिडिआ पन्थीले भने सोही अनुसार काम गर्न भने सकेका छैनन । जुनियर कर्मचारीलाई कुश्मानै राख्ने र अन्यलाई परिचालन गर्ने उनको निर्णयले शक्ति र पहुँचको आधारमा देशमा जे पनि गर्न र हुन सक्छ भन्ने उदाहरणलाई पुष्टि गरेका छन् ।

गर्भवती हुने समय नजिकिएकै महिला तथा बालबालिका कार्यालयकै सावित्रि अर्याललाई जलजला गाउँपालिकामा परिचालन गर्ने सक्ने सिडिओले किन उनलाई परिचालन गर्न सकेनन् भन्ने प्रश्न उब्जिएको छ । आचार्य शर्मा भन्दा सिनियर कर्मचारी हुन् ।

अनिता निजामति सेवामा लागेको एक बर्षपनि पुगेको छैन । उनी महिला तथा बालबालिका कार्यालय पर्वतकी सवैभन्दा जुनियर कर्मचारी हुन् । उनका श्रीमान् निजामति कर्मचारीनै हुन् ।  म्याग्दी जिल्लामा कार्यरत रहेको बुझिएको छ ।

यस विषयमा जानकारी लिनको लागि प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

जिल्ला समन्वयनमा ११ जना कर्मचारी अबैध

जिल्ला समन्वय समितिमा तीन अधिकृत सहित ११ जना कर्मचारीको करार अबधी सकिएता पनि काममानै छन् । उनीहरु राज्यको सेवा सुविधा उपभोग गरिरहेका छन् । सेवा समयअवधि सकिएता पनि राजनीतिक आडमा उनीहरुले कार्यालय छोड्न नमानेका हुन् । जिल्ला समन्वय समिति एमालेको कोल्टामा परेपछि उनीहरुलाई थप संरक्षण भैराखेको छ । उनीहरु एमाले निकट कर्मचारी संगठनका भएका कारण पनि सेवा समयअबधि सकिएपनि राज्यको सेवा सुविधा उपभोग गरिरहेका हुन् । 

कुश्मा नगरपालिकामा पनि उस्तै 

कुस्मा नगरपालिका पनि ११ जना कर्मचारीको सेवा अबधी सकिएको छ तर उनीहरु पनि नगरपालिकाको सेवा सुविधा उपभोग गरिरहेका छन् । नगरपालिकामा  काँग्रेसका नगरप्रमुख चयन भएपछि उनीहरुलाई थप सहजता भएको बुझिएको छ । नगरपालिकामा एमालेको बाहुलिएता भएपनि नगरप्रमुख र उपप्रमुख काँग्रेसको भएका कारण कर्मचारीहरु नगरप्रमुखकै निर्देशनमा सेवा अबधी समाप्त भएपनि काममा लागि रहेका छन् । 

नगरपालिकामा एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विच बहुमतको द्वन्द्व हुदाँ  नगरपालिकाले आफ्नो आगामी बजेट, नीति तथा कार्यक्रमहरु सार्वजानिक गर्न सकेको छैन । साउनभित्र नगरपालिकाको नीति तथा कार्यक्रमहरु सार्वजानिक गर्नुपर्ने भएता पनि राजनीतिक द्वन्द्वका कारण नीति तथा कार्यक्रम सार्वजनिक हुन नसकेको हो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमत प्रक्रिया लाद्न खाजेका छन् भने नगर प्रमुखले आफ्नो अधिकार प्रयोग गर्न खोजेका छन् जसका कारण नगरपालिका काँग्रेस–एमालेको बन्दी बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह