भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाढीपछि हराएको बाह्रसिंगे भेटियो

१८ भाद्र २०७४, आईतवार १०:४०

 भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । 

बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर(इन्क्लोजर)को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन सकेको छैन । बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे भागेको अनुमान निकुञ्जले गरेको छ । 

“निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “तन्दुरुस्त अवस्थामा एउटा बाह्रसिंगे भेटियो, अन्य चाहिँ भेटिएको छैन ।” 

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो । त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेको छ । चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो । तर अनुगमनमा एउटा फेला परेको हो । 

सो खोरमा रहेका १२ वटा अर्ना भने सकुशल र तन्दुरुस्त रहेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिनुभयो । 

पन्ध्र वटा अर्ना ल्याइएकामा ललितपुरको सदर चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना मरेकाले हाल यहाँ १२ वटा अर्ना रहेका छन् । 

वन्यजन्तुको प्रजाति संरक्षणका लागि अघिल्लो वर्ष पूर्वी नेपालको कोशीटप्पुबाट अर्ना ल्याइएको थियो भने पश्चिम शुक्लाफाँटाबाट यहाँ बाह्रसिंगे ल्याइएको थियो । यसैबीच निकुञ्जले बाढीले बगाएका आठ वटा गैँडाको उद्धार गरेर पुरानै बासस्थानमा फर्काएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह