भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाढीपछि हराएको बाह्रसिंगे भेटियो

२०७४, १८ भाद्र आईतवार १०:४०

 भदौ १८,चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । 

बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर(इन्क्लोजर)को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन सकेको छैन । बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे भागेको अनुमान निकुञ्जले गरेको छ । 

“निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “तन्दुरुस्त अवस्थामा एउटा बाह्रसिंगे भेटियो, अन्य चाहिँ भेटिएको छैन ।” 

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो । त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेको छ । चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो । तर अनुगमनमा एउटा फेला परेको हो । 

सो खोरमा रहेका १२ वटा अर्ना भने सकुशल र तन्दुरुस्त रहेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिनुभयो । 

पन्ध्र वटा अर्ना ल्याइएकामा ललितपुरको सदर चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना मरेकाले हाल यहाँ १२ वटा अर्ना रहेका छन् । 

वन्यजन्तुको प्रजाति संरक्षणका लागि अघिल्लो वर्ष पूर्वी नेपालको कोशीटप्पुबाट अर्ना ल्याइएको थियो भने पश्चिम शुक्लाफाँटाबाट यहाँ बाह्रसिंगे ल्याइएको थियो । यसैबीच निकुञ्जले बाढीले बगाएका आठ वटा गैँडाको उद्धार गरेर पुरानै बासस्थानमा फर्काएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति