सम्राट सिंह | भदौ १८, बझाङ | मौसम परिवर्तनसँगै जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले गर्दा जिल्ला अस्पताल बझाङका बेड भरिएका छन् । 

दैनिक ५० देखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १८, बझाङ | मौसम परिवर्तनसँगै जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले गर्दा जिल्ला अस्पताल बझाङका बेड भरिएका छन् । 

दैनिक ५० देखि"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गमा भाइरलका बिरामीले जिल्ला अस्पतालका बेड भरिए

२०७४, १८ भाद्र आईतवार ११:३५

सम्राट सिंह | भदौ १८, बझाङ | मौसम परिवर्तनसँगै जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले गर्दा जिल्ला अस्पताल बझाङका बेड भरिएका छन् । 

दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका हुन । अस्पतालको क्षमता भन्दा बढी भाइरल ज्वरोका बिरामीले गर्दा उपचारका लागि अन्य थप बिरामी आयो भने भर्ना गर्ने बेड नै नभएको जिल्ला अस्पतालका कर्मचारीहरु बताउँछन । भाइरल ज्वरोका बिरामी धेरै भएपछि केहि बिरामीहरु त अस्पताल बाहिर नै उपचार गराइरहेका सहजै देख्न सकिन्थ्यो । 

भाइरल ज्वरोले बढिजसो बालबालिका तथा बृद्घहरु ग्रसित बनेका छन । नाकका पानी बग्ने , ज्वरो आउने, हातखुट्टा दुख्ने गरेको उपचार लागि जिल्ला अस्पतालमा आएका कोटदेवलका रविन्द्र सिंहले बताए । उनले भने गाउँमा धेरैलाई भाइरल ज्वरोले सताएको सबै बिरामी स्थानिय स्वास्थ्य चौकी मै उपचार गराइरहेका उनको भनाइ छ । 

जिल्ला अस्पताल मात्र हैन भाइरल ज्वरोका बिरामीले गर्दा उपचारका लागि स्वास्थ्य चौकीहरु,निजी अस्पताल तथा स्थानिय औषधि पसलहरुमा पनि बिरामी भर्ना गर्ने ठाउँ छैन । 

मौसम परिवर्तन सँगै फैलिएको भाइरल ज्वरोका कारण बिरामीले जिल्ला अस्पतालका बेडहरु खचाखच भरिएका जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मीले बताए  । उनले भने दिनरात नभनि बिरामीको उपचारमा जिल्ला अस्पतालका कर्मचारीहरु खटिरहेका र अस्पतालको औषधि पसल पनि नियमित संञ्चालनमा ल्याएका छौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते