2026-06-28 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा वुधवारदेखि सुरु क्यास्पीयन कपको तयारी पुरा

फागुन ४, धनगढी ।

– प्रतियोगितामा २५ सहभागी
– उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने
वुधवारदेखि धनगढीमा सुरु हुने निमावि स्तरीय क्यास्पीयन कप क्रिकेटको तयारी पुरा भएको छ । धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु हुन लागेको हो । यसअघि सोमवारदेखि सुरु हुने भनिएको प्रतियोगिता दुई दिन सारेर गर्न लागिएको हो ।

धनगढी उच्च माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन कैलाली क्षेत्र नम्वर ६ का सभासद पुष्करनाथ ओझाले गर्नु हुने कार्यक्रम तय गरिएको छ । २५ वटा विद्यालयहरुले भाग लिएको प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य विद्या निकेतन र ग्यालेक्सी उच्च मावि प्रतिस्पर्धा गर्ने भएका छन । दोस्रंो खेलमा धनगढी सिटी र पञ्चोदय एक आपसमा भिड्ने छन ।

नकआउटको आधारमा खेलाईने प्रतियोगिताका उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । विजेताले १५ हजार, उप–विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । क्यास्पीयन कपमा निमावि तहमा अध्ययनत विद्यार्थीहरुले मात्रै भाग लिन पाउनेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजक क्यास्पीयन एकेडेमीका सहायक प्रधानाध्याप अनिल मिश्रले जानकारी दिनुभयो ।

– सीताराम ओझा बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी