रेडक्रस दिवसको अवसरमा फलफुल वितरण

Posted on: 04 Sep, 2017

भदौ १९, तेह्रथुम । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा तेह्रथुम जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगाना र प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहित जिल्लास्थित सरकारी कार्यालय प्रमुख, रेडक्रसकर्मी, गैससकर्मीहरुको टोलीले जिल्ला अस्पताल पुगेर सोमबार विहान बिरामीहरुलाई फलफुल गरेको हो । 

जिल्ला अस्पतालका ९ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला शाखा सभापति भुपतिलाल श्रेष्ठले बताउनुभयो । 

दिवसका अवसरमा जिल्लाका विभिन्न उपशाखा र विद्यालयमा रहेका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलहरुले कार्यक्रमको आयोजना गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!