२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा महानायक राजेश हमाल फ्यान क्लब गठन

६ फाल्गुन २०७२, बिहीबार ०३:५७

rajesh hamal fan club 1फागुन ६, कैलाली । कैलाली जिल्ला घुइयाँघाट गाउँका स्थानीय युवाहरुले विधिवत रुपमा समाज रुपान्तरणका लागि महानायक राजेश हमाल फ्यान क्लब गठन गरेका छन् ।

महानायक राजेश हमालले दलितका समस्या सम्मूर्ण नेपालीहरुको समस्या हो भनेर स्थापित गर्न गरेको प्रयास प्रति सम्मान जनाउन फ्यान क्लब गठन गरिएको फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले बताउनुभयो ।

फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले महानायक राजेश हमालको जन्म दिन जुन ९ तारिखलाई “म परिवर्तन हुँ” आई एम द चेन्ज दिवशका रुपमा मनाउने र क्लबलाई सुदूरपश्चिमका अन्य जिल्लामा पनि विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जातिय विभेद उन्मूलनका लागि वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालका पारालिगल अमृत बि.सी. ले महानायक राजेश हमालले जातिय विभेद उन्मूलन गर्न गरेको प्रयासले आफु जस्ता अधिकारकर्मीलाई उर्जा मिलेको बताउनुभयो ।

rajesh hamal fan club

कार्यक्रमका प्रमुख अतिथि ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले फ्यान क्लबको उद्घाटन गर्दै सिराहामा दिपक मलिकलाई न्याय दिलाउन गरेको प्रयासले राष्ट्रको विवेकलाई झक्झकाएको बताउनुभयो । महानायक राजेश हमाल परिवर्तनको सम्वाहक भएको र आज देशलाई हजारौं महानायकहरुको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सीता बि.क. ले महानायक राजेश हमालको विचार र भनाई सुनेर आफुहरुको आँखाबाट आँशु आएको । अन्ततः कोही त रहेछ हाम्रो पक्षमा उभिने भन्नुभयो ।

यसैगरि फ्यान क्लबकी सदस्य समना टमटाले गरीव र कमजोरका पक्षमा बोल्ने राजेश हमाल सही अर्थमा महानायक भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता लक्ष्मी पार्कीले गर्नु भएका थियो । कार्यक्रममा ठुलो संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस !