२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

तीन दिनसम्म ट्रक चालकसंग होटलमा बसेकी युवती मृत्युको घटना शंकास्पद

२०७४, १९ भाद्र सोमबार १०:२९

भदौ १९, दैलेख । कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ । 

युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो । 

जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी थिइन् । 

गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए । बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका छन् । जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको छ । 

अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । 

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए । 

सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ । तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि हत्याको बहानामा विष सेवन गराइएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका हुन् । 

प्र्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ । कर्णाली राजमार्गअन्तर्गतको सडक बिग्रेका कारण विगत पाँच दिनदेखि सडक अवरुद्ध भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै