२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

तीन दिनसम्मको बलात्कार पछि युवतीको हत्या गर्ने आरोपी पक्राउ

२०७४, १९ भाद्र सोमबार १२:५०

दलसिंह गिरी | भदौ १९, कालिकोट | एक युवतीलाई तीन दिनसम्म बन्दक बनाएर बलात्कार गरी अन्तत: विष खुवाएर हत्या गर्ने हत्या आरोपी पक्राउ परेका छन् । दैलेख जिल्ला आठविष नगरपालिका अन्तर्गत पर्ने खिड्कीज्यूला बजारको एक होटलमा ३ दिनसम्म बन्दक बनाई बलात्कार सहित हत्या गर्ने सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका निवासी लक्ष्मीप्रसाद आचार्य पक्राउ गरेका हुन् ।

पढाईको शिलशिलामा सुर्खेत झरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका निवासी अन्दाजी २० बर्षिया डब्लू (नाम परिवर्तन) सुर्खेतबाट कालिकोट जाने शिलशिलामा कालिकोट सम्मै पुगाई दिने भन्दै ना. ५ ख १८८७ नंं को ट्रक मार्फत कालिकोट लगेका ट्रकचालक आचार्यले खिड्कीज्यूलामा रहेको आले होटलमा ३ दिनसम्म बन्दक बनाई बलात्कार सहित विष खुवाएर हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ । 

यता कालिकोट र दैलेखको सिमानामा पर्ने दैखोला खण्डमा आएको पहिरो आई कर्णाली राजमार्ग अवरोधको मौका छोपी एक चेलीको बलात्कार सहित विष खुवाएर हत्या गर्ने हत्यारालाई हदैसम्मको कारवाही गरिनु पर्ने भन्दै आज जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा र्याली सहित विरोध गरिएको छ । 

हत्याराको कार्वाहिको लागि सम्बन्धित निकायको ध्यानाकर्षको लागि कालिकोटका नागरिक समाजका अगुवाहरुको नेतृत्वमा विरोध र्याली गरिएको हो । पहुचको भरमा हत्यारालाई उन्मुक्ती दिन खोजीए चरणवद्ध आन्दोलन थालिने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने