२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चाडपर्वका बेला बजार अनुगमन गरिने

१९ भाद्र २०७४, सोमबार १४:४१

लोकेन्द्र प्रशाद जोशी । भदौ १९, दार्चुला । चाडपर्व नजिकीदै जादा दार्चुलामा पनि बजार अनुगमन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा सोमबार बसेको कार्यालय प्रमखलगायत सरोकारवालाहरुको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । बजारमा खाद्य पदार्थ तरकारी, फलफुलको दररेट तथा गुणस्तरमा देखीएको समस्या समाधान गर्नका लागि जिल्ला कृषि विकास कार्यालय र महाकाली नगरपालिकाको समुन्वयात्मक भुमीका एंव आपसी सहकार्यमा समाधान गर्ने निर्णय भएको छ ।

यस्तै खलंगा बजारको हकमा जिल्ला अनुगमन समिति तथा अन्य बजारहरुको हकमा भने सम्बन्धित स्थानीय तहलाई बेला बेलामा अनुगमन गर्नका लागी जिम्मेवारी दिने निर्णय भएको छ ।

दशै तिहार अघि जिल्ला जिल्ला कृर्षि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, उद्योग बिकास साखा, महाकाली नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी ,पत्रकार लगायतबाट संयुक्त बजार अनुगमन गरिने भएको छ । यस्तै आसन्न चाडपर्व लागी खाद्यान्न, ग्यास , यातायात सवारी साधनहरुको सहज आपुर्तीका लागी सबै पक्षले आ आफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने समेत बैठकले निर्णय गरेको छ । लामो समय सम्म जिल्लाका बजार हरुको अनुगमन नहुँदा चाडपर्वका बेला कालोबजारी बढ्ने गरेको छ ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बजार अनुगमन समिति भए पनि लामो समयदेखि बजार अनुगमन नगरिदाँ अहिले चाडपर्वका बेला खलंगा लगायतका ठाउँहरुमा कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला