भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वन"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पाको ‘रामगुफा’ ओझेलमा

२० भाद्र २०७४, मंगलवार ०५:५२

भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ । 

सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्या गरेको किंवदन्ती रहेको यो गुफा परम्परादेखि नै रामगुफाका नामले चिनिँदै आएको छ । यस गुफाले रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रमा निकै प्रचुर सम्भावना बोकेको छ, तर यसको संरक्षण, विकास र प्रवद्र्धनमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । 

यस गुफाभित्र शंखाकार तथा विभिन्न भगवान्का आकृति रहेका छन् । झण्डै ५० मिटरको लम्बाइमा फैलिएको गुफाको संरक्षण नहुँदा यहाँ चमेराले यसलाई वासस्थान बनाउँदै आएका छन् । 

भगवान् रामले तपस्या गरेको यस गुफाका विषयमा प्रचारप्रसार नहुँदा यसको धार्मिक, पर्यटकीय महत्व नै ओझेलमा पर्दै गइरहेको छ । यसले गर्दा रामगुफाको सट्टा कतिपयले चमेरे गुफा पनि भन्ने गरेको पाइन्छ । यहाँका स्थानीयवासी नै गुफाका विषयमा अनभिज्ञ छन् । यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् । 

गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । अब रामपुर नगरपालिकासँग सहयोग माग गरेर गुफा संरक्षणतर्फ लाग्ने उहाँले बताउनुभयो । 

गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग घेराबार, गुफाभित्र भगवान् रामको मन्दिर निर्माणलगायतका काम तत्काल गर्न सकेमा पनि यहाँ पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । अहिलेसम्म यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ । 

रामगुफा रामपुरको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा यो आफैँ ओझेलमा परिरहेको छ । यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि खासै चासो दिएको पाइँदैन । 

गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य