2026-07-24 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आज दुई खेल सम्पन्न

प्रकाश बम/फागुन २३, धनगढी । क्रिकेटको शहर धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आईतबार भएका दुईवटा खेलमा क्याम्पस रोड र हसनपुर टीमले विजयी हात पारेका छन । क्याम्पसरोडले विहान अत्तरियालाई १५ रनले पराजित गर्दै पहिलो खेलमै जित निकालेको हो भने दोस्रो खेलका लागि मैदानमा उत्रेको हसनपुर रोयल्सले सन्तोषी टोल माथि ४८ रनले पन्छाएको छ ।

विहान टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पस रोडले पुरै ओभर खेल्दै १ सय २८ रन जोडे । सन्तोष भट्टले ३६ बलमा ४४ रनको पारी खेलेपछि क्याम्पसरोडले मध्यम स्कोर बनाएको हो । मिडिल अर्डरका ब्याट्सम्यान लोकेश बलमे १६ र नारायण जोशीले १५ रनको ईनिंग खेलेर क्याम्पस रोडलाई सो स्कोरमा पुर्याएका थिए ।

मेहबुब आलमले ३ विकेट लिएपछि क्याम्पस रोडले ठुलो स्कोर बनाउँन सकेन । ७ औ ओभरमा बलिंग गर्न आएका मेहबुबले आफ्नो पहिलो बलमै विकेट दिलाए । ४ ओभरको स्पेलमा ११ रन खर्चदै ३ विकेट हात पारेका महबुबले ब्याटिंगमा भने चल्न सकेनन् । अत्तरियाका कप्तान भुवन केसी तथा नबिन भण्डारीले समान २ विकेट लिए ।

जवाफी ब्याटिंगमा उत्रेका अत्तरियाले १९.१ ओभरमा सवै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउँन सक्यो । अत्तरियाका मिडिल अर्डरका ब्याट्सम्यान नरेश बोहराले ३५ रन बनाए भने उनलाई कप्तान भुवन केसीले १९ रन बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर गर्न नसक्दा अत्तरिया पहिलो खेलमा निराश बनेको हो ।

क्याम्पस रोडका युवा बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो । शिवराज ऐरले ३ विकेट लिदा सागर भण्डारीले २ विकेट हात पारे । त्यस्तै नारायण जोशीले एक विकेट पाए भने अत्तरियाका ४ जना महत्वपुर्ण ब्याट्सम्यानहरु रन आउट भए । म्यान अफ द म्याच क्याम्पसरोडका सन्तोष भट्टले ५ हजार नगद हात पारे ।

त्यस्तै दिउँसो भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले १९.२ ओभर ब्याटिंग गर्दै १ सय ११ रन बनायो । उसका लागि भिम सार्कीले २९ (२६) , प्रकाश थापाले १२ (१४) , तथा १४ बर्षिय बसन्त थापाले ९ रनको पारी खेले । हसनपुरले २९ रन अतिरित्त मार्फत पाएको थियो ।

रोशन अधिकारीले ३.४ ओभर बलिंग गर्दै १ ओभर मेडन राख्दै ११ रन दिए । त्यस्तै अमित बुढाले २ तथा महेश अधिकारी र प्रकाश जंग कार्कीले १ विकेट लिए ।

ओपनर विजय रानाको १३ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेपछि १७.१ ओभरमा ६३ रनमा समेटियो । हसनपुरका प्रकाश थापाले ४ विकेटका लागि सन्तोषी टोलका कप्तान राजु रिजाल (२), न्युरिन अन्सारी (०), विजय राना (१३), तथा टेकेन्द्र बोहरा (५) लाई आउँट गरेपछि सन्तोषी टोल ध्वस्त भएको थियो । त्यस्तै सन्तोषी टोलका युवराज थापाले ७ रनको पारी खेले ।

प्रकाश थापासँगै सन्तोषी टोलका विनोद लामाले ३ , तथा अमित पडालले २ विकेट लिए ।
लिग अन्तर्गत पर्सि (मंगलबार, फागुन २५ गते) विहान चौराहा र क्याम्पस रोड तथा दिउँसो सन्तोषी टोल र अत्तरियाका विच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक