११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच

२० भाद्र २०७४, मंगलवार ०६:५९

भदौ २०, महोत्तरी । महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १०३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । 

बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै तीन ठाउँमा तीन दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका मोतियाबिन्दुका बिरामी फेला परेका हुन् । 

नेपाल नेत्रहीन सङ्घ, नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीले जानकी आँखा अस्पताल, जनकपुरको प्राविधिक सहयोगमा बर्दिबास, भङ्गाहा र लोहारपट्टि नगरपालिकाका बाढी प्रभावित बस्तीमा एक–एक दिन शिविर सञ्चालन गरेको हो । 

शिविरमा २३४ जनाले आँखा जाँच गराएका थिए । नेत्र रोग विशेषज्ञको जाँचबाट मोतियाबिन्दु ठहर भएकालाई शल्यक्रियाका लागि जानकी आँखा अस्पताल पु¥याइएको नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो । 

सबैको निःशुल्क शल्यक्रिया गरिने पुनःस्थापना कार्यक्रमले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा कुपोषण र सरसफाइमा कमी आएकाले त्यस क्षेत्रका बासिन्दामा आँखासम्बन्धी समस्या निकै बढेकाले चरण चरणमा शिविर सञ्चालन गर्न थालिएको कार्यकारी निर्देशक राईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह