२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

डोरीले बाँधेर सवारी साधन तान्नुपर्ने

२०७४, २० भाद्र मंगलवार ०८:१६

भदौ २० ,पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ । 

तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सूर्यप्रकाश बस्याल बताउनुहुन्छ । 

मालारानी क्षेत्रमा सडक फराकिलो बनाउने काम असार महिनामा शुरु गरेकाले वर्षाका कारण सडममा हिलो भएर चिप्लो हुँदा कुनैपनि गाडी उकालो पार नहुने उहाँको भनाइ छ । 

तानसेन बसन्तपुरका रुपक्रान्ता बस्यालले अस्पताल आएकी वृद्ध आमालाई मोटरसाइकलमा बोकेर भिरुभञ्ज्याङसम्म पुर्ययाए पनि हिलाम्मे सडकको बीचमा पुगेपछि मोटरसाइकल बीचमा नै रोकियो । यम्घा पुर्ययाउन बिहानै हिँडेका बस्यालका आमा छोरालाई हिलाम्मे सडक पार गर्न समस्या भएपछि त्यहीबाट आमालाई हिँडाएर घरसम्म लैजान पर्ययो । 

चापपानी मावि शिक्षक जीवलाल घिमिरेका अनुसार आधा बाटो पार भएपछि मैले पनि मोटरसाइकल कतै थन्क्याएर कतै राखेर फेरी पैदल जानुपर्छ, हिलाम्मे सडकमा मोटरसाइकल लिएर जान सकिँदैन । बीच बाटोमा लडियो भने स्कुल जाने की पोशाक बदल्न घर जाने भन्ने समस्याले आधा बाटो मोटरसाइकल, आधा पैदल गरी विद्यालय जनु–आउनु परेको उहाँको गुनासो छ । 

मोटर चल्ने बाटो विस्तार गरेपछि यस क्षेत्रमा पैदल हिँड्नसमेत समस्या भएको छ । स्कुले बालबालिकालाई बाटोमा लडिन्छ की भन्ने त्रासमै विद्यालय आवतजावत गर्न बाध्य छन् । उनीहरुका जुत्ता, कपडा एक दुई दिनमा धुनुपर्ने बाध्याले छोडेको छैन । 

बगनासकाली गाउँपालिका यम्घा वडा सचिव युवराज पाण्डेयका अनुसार केही दिनअघि बाटोको माटो हटाएपछि वर्षात्का कारण फेरि हिलाम्मे हँुदा सडकको यात्रा जोखिममय बनेको हो । दशैँ नजिकिँदा सडकमा पहिरो हटाए पनि वर्षात्ले उस्तै बनाउँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते