२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

डोरीले बाँधेर सवारी साधन तान्नुपर्ने

२० भाद्र २०७४, मंगलवार ०८:१६

भदौ २० ,पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ । 

तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सूर्यप्रकाश बस्याल बताउनुहुन्छ । 

मालारानी क्षेत्रमा सडक फराकिलो बनाउने काम असार महिनामा शुरु गरेकाले वर्षाका कारण सडममा हिलो भएर चिप्लो हुँदा कुनैपनि गाडी उकालो पार नहुने उहाँको भनाइ छ । 

तानसेन बसन्तपुरका रुपक्रान्ता बस्यालले अस्पताल आएकी वृद्ध आमालाई मोटरसाइकलमा बोकेर भिरुभञ्ज्याङसम्म पुर्ययाए पनि हिलाम्मे सडकको बीचमा पुगेपछि मोटरसाइकल बीचमा नै रोकियो । यम्घा पुर्ययाउन बिहानै हिँडेका बस्यालका आमा छोरालाई हिलाम्मे सडक पार गर्न समस्या भएपछि त्यहीबाट आमालाई हिँडाएर घरसम्म लैजान पर्ययो । 

चापपानी मावि शिक्षक जीवलाल घिमिरेका अनुसार आधा बाटो पार भएपछि मैले पनि मोटरसाइकल कतै थन्क्याएर कतै राखेर फेरी पैदल जानुपर्छ, हिलाम्मे सडकमा मोटरसाइकल लिएर जान सकिँदैन । बीच बाटोमा लडियो भने स्कुल जाने की पोशाक बदल्न घर जाने भन्ने समस्याले आधा बाटो मोटरसाइकल, आधा पैदल गरी विद्यालय जनु–आउनु परेको उहाँको गुनासो छ । 

मोटर चल्ने बाटो विस्तार गरेपछि यस क्षेत्रमा पैदल हिँड्नसमेत समस्या भएको छ । स्कुले बालबालिकालाई बाटोमा लडिन्छ की भन्ने त्रासमै विद्यालय आवतजावत गर्न बाध्य छन् । उनीहरुका जुत्ता, कपडा एक दुई दिनमा धुनुपर्ने बाध्याले छोडेको छैन । 

बगनासकाली गाउँपालिका यम्घा वडा सचिव युवराज पाण्डेयका अनुसार केही दिनअघि बाटोको माटो हटाएपछि वर्षात्का कारण फेरि हिलाम्मे हँुदा सडकको यात्रा जोखिममय बनेको हो । दशैँ नजिकिँदा सडकमा पहिरो हटाए पनि वर्षात्ले उस्तै बनाउँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु