७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भुकम्पले घर भत्किएपछि एक्ली भद्रकुमारीको विचल्ली

२७ पुष २०७२, सोमबार ०४:१९

प्रकाश धौलाकोटी, पौष २७, तेह्रथुम ।  तेह्रथुमकोे हमरजुङ–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीलाई आफ्नो जीवनको आधा उमेरसम्म कहिल्यै रुन परेन । शरीरमा तागत, पाखुरीमा बल र मनमा जोस जाँगर बाँकी भइन्जेल सबै ठिकै थियो उहाँकालागि । तर बल वैश र जोस जाँगर उमेरसँगै डाँडा काटेर गएपछि अहिले भद्रकुमारीको जीवन दुःखमा होमिएको छ ।

terhathum news 1
दुई दाजुभाई भएपनि बाबुआमाको हेरचाहमा कमी भएर विजोग हुने डरले उमेरमा विहे नगरेपछि अहिले भद्रकुमारी एक्ली हुनुभएको हो ।

बाबुआमाको मृत्युपछि एक्लै बस्दै आउनुभएकी उहाँको आफ्नो नाममा पैतिृक सम्पतीपनि छैन । दाजुभाईले पनि साथ दिएनन् र अन्ततः उहाँ एक्ली हुनुभएको हो ।
बस्दै आएको घर २०६८ साल असोज १ गतेको भुकम्पले भत्काइदिएपछि भद्रकुमारीको गाँस र बास दुवै विचल्ली भयो ।

हाँ त्यसयता घर छेऊको बाख्राको खोरमा बस्दै आउनुभएको छ । तर बाख्राको खोरमा ओत लागेर गुजारा चलाएपनि चिसो र जाडोको मौषममा भने भद्रकुमारीलाई निकै सकस हुन्छ ।

यसवर्ष पनि चिसो सुरु भएपछि बुढेसकालको शरीरमा रोग र विभिन्न शारीरिक समस्याले च्याप्दा भद्रकुमारी दुई हप्तादेखि थला पर्नुभएको छ । भुकम्पले घरमा क्षति गरेपछि आर्थिक कमजोरीकै कारण बास बस्न ओत लाग्ने घर बनाउन नसकेको तोलाङ्गीले बताउनुभयो । भुकम्पले घरमा क्षतिपुर्याए बापत राहत स्वरुप पाएको त्रिपालपनि च्यातिएपछि आफुले पालेका बाख्राको खोरमा उहाँ बस्न र रात विताउन बाध्य हुनुभएको हो ।
बाख्राको खोरको छानोपनि भत्किएको छ ।

छानोमा लगाएको च्यातिएको पाल, केही केही थोत्रा कपडा र वरिपरि पनि खुला रहेको गोठमा बास बस्नु भद्रकुमारीको दुःख बाध्यता छ । ओत लाग्ने घरदेखि गाँस र साथकालागि धेरैलाई गुहारेँ, उहाँले भन्नुभयो–तर गाउँका मान्नेगन्नेले पनि वास्ता गरेनन् ।
वर्षामा पानी परेपनि न्यानो हुँदोरहेछ, भद्रकुमारीले गहभरि आँसु पारेर भन्नुभयो– जाडो समयमा रात कतिबेला बित्छ भन्दै रात कटाउनु परेको छ । गरिब र निमुखालाई त कसैले हेर्दैन रहेछन् भद्रकुमारी भन्नुहुन्छ–यो संसार पनि हुने खानेका लागि मात्रै हो, नहुने र निमुखालागि कसैले बोल्दैनन् ।


उमेरले ६० काटेकी भद्रकुमारीको नागरिकता पनि छ । तर आफैँले प्रक्रियाबारे जानकारी नपाउँदा गाउँ विकास समितिको कार्यालयबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको छैन ।
वर्षौदेखिको आफ्नो दुःख देखाएर गुहार गर्दापनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । ज्यानले सकिन्जेल बनीबुतो गरेर गुजारा चलाएँ, दिनभर साथीभाइसँग हाँसीखुसी ठिकै थियो, भद्रकुमारी भन्नुहुन्छ–तर यी चार वर्षका हरेक रात मेरा आँखा ओभाना रहेनन्, हिउँदमा चिसो बढ्दा र विरामी पर्दा मेरो सास कहिले जाला भनेर कुर्ने गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर