१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा बिरामी बोक्न स्ट्रेचर अभाव

२० भाद्र २०७४, मंगलवार ११:४४

भदौ २०, अर्घाखाँची। शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो । 

स्ट्रेचर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताउनुभयो । मनिसरा मात्र हैन उहाँजस्तै सयौँ महिलाको हालत उस्तै छ । कैयौँ महिला, बालबालिका तथा वृद्धवृद्धाले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । यहाँबाट भालुवाङ नजिक पर्छ तर सडक नजोडिएकाले जलुके हँुदै भालुवाङ जान समस्या भएको छ । 

यातायातको समस्याले यहाँका मानिसको उपचारमा कठिन भएको छ । बिरामी तथा सुत्केरी स्वास्थ्य संस्थामा लैजान डोलीमा बोक्नुपर्छ । 

भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगंगाका सिद्धारा, सिमलपानीलगायत क्षेत्रमा पर्ने वडाका बासिन्दा पनि स्वास्थ्यसंस्था तथा यातायातको असुविधाको अभावमा सामान्य उपचार पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् । 

सूचना, सञ्चार तथा यातायातको पहुँच पुग्न नसकेको यस क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको स्थानीयवासीको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह