१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘खोटाङमा स्काभेटर चालक अनुमतिपत्र बिनै चलाउछन्’

२० भाद्र २०७४, मंगलवार १२:२८

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । सडक खन्न र ढुङ्गा फुटाउनका लागि खोटाङ ल्याईएका स्काभेटर चालकहरुसंग चालक अनुमति पत्र नरहेको पाईएको छ । 

अनुमति पत्र नहुंदा दुर्घटनामा परेका पिडीतहरुले क्षतिपुर्ति पाउन अफ्ठ्यारो हुने सम्भाबना रहेको छ । जिल्लामा हाल निर्माणधिन सडकहरु दिक्तेल – चखेवाभञ्याङमा ५, बिजुले – बाम्राङ –दिक्तेल ५, रेग्मीटार – फोक्सिनटार २, रेग्मीटार – महुरे ३, हलेसी अर्खोले ४, अर्खोले दिक्तेल ४ र रेग्मीटार छोरम्बुमा १ वटा गरि जम्मा २४ वटा स्काभेटरहरु सञ्चालनमा रहेको निर्माण ब्यबसायी संघ खोटाङका अध्यक्ष कर्ण खत्रीले बताए । अध्यक्ष खत्रीका अनुसार खोटाङमा ८ वटा चक्कावाला जेसिबि पनि सञ्चालनमा रहेको छ । 

अर्खोले – बाम्राङ – दिक्तेलको निर्माणाधिन सडकका स्काभेटर चालक टेकनारायण चौधरी र सरोज थापा बिना चालक अनुमतिपत्र बिनै स्काभेटर चलाईरहेका छन् । स्काभेटर धनि सुमान राईले चौधरी र थापाको चालक अनुमतिपत्र नभएको स्विकार गर्दै भन्नु भयो, चालक अनुमति पत्र बिनानै राम्रो रोड खनि रहेका छन् यदि बाटो नराम्रो भएको भए भन्नुहोस । र मेरा चालकहरुले दुई चार दिनमै चालक अनुमति पत्र ल्याउदै छन् । उहाँले यो समाचार नलेख्दिन समेम अनुरोध गर्नुभयो ।

जिल्ला निर्माणधिन सडकहरुमा चलिरहेका लगभग ५० प्रतिशत चालकहरुका चालक अनुमति पत्र नभएको हुन सक्ने निर्माण ब्यबसायी खोटाङका अध्यक्ष खत्रीको अनुमान् रहेको छ । अध्यक्ष खत्रीका अनुसार कतिपय स्काभेटर चालकहरु खोटाङ जिल्लामा सिक्न आउने धेरै भएकाले हाल यस्तो अबस्था आएको हो । 

स्थानीय उपभोक्ता हरिबोल आचार्य भन्नुहुन्छ ‘चालक अनुमति पत्र बिनाका चालकहरुलाई राज्यले छानबिन गरेर कडाभन्दा कडा कारबाहि गर्नुपर्छ । यस्ता चालकहरुलाई यस जिल्लामा मात्र नभई देशको कुनै पनि स्थानहरुमा चलाउनका लागि प्रतिबन्ध लगाउनु पर्छ ।’

अर्का बुद्धिजिबी तथा निर्माण ब्याबसायी खगेन्द्र राईका अनुसार चालक अनुमति पत्र बिनाका चालकहरुले कुनै दुर्घटना गराएमा न पिडीत पक्षले राज्यबाट पाउने क्षतिपुर्ति पाउँछन् न चालकले नै पाउछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह