भदौ २०, तेह्रथुम । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले महासंघका पुर्वकेन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेको छ । 

लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, तेह्रथुम । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले महासंघका पुर्वकेन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेको छ । 

लाम"/>

2026-10-18 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्रज पत्रकार धर्मेन्द्र झा सम्मानित


भदौ २०, तेह्रथुम । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले महासंघका पुर्वकेन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेको छ । 

लामो समयसम्म क्रियाशील पत्रकारिता गर्दै नेपाली पत्रकारिताको विकास र समृद्धिका लागि उल्लेखनीय योगदान पु¥याएको भन्दै पुर्वअध्यक्ष झालाई कदर–पत्रसहित दोसल्ला ओढाई अविरजात्रा गरेर सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै अग्रज पत्रकार झाले समाज बदल्ने आफ्नो दायित्व नभुल्न पत्रकारहरुलाई सुझाव दिनुभयो । पत्रकारिता पेशा चुनौतीपुर्ण बास्तवमै चुनौतीपुर्ण रहेको भन्दै उहाँले पहाड र कुना कन्दरामा थुप्रै दुःख दद्र बेहोरेर समेत नेपाली पत्रकारहरुले समाज रुपान्तरणको प्रयास गरिरहेका बताउनुभयो । 

उहाँले नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वले श्रमजिवी पत्रकारहरुको हितमा थुप्रै काम गर्ने विश्वास व्यक्त गर्दै न्युनतम पारिश्रमिक कार्यान्वयन र समयानुसार फेरबदलमा समेत ध्यान दिन सुझाव दिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना र तेह्रथुम शाखाका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेले आ–आफ्नो धारणा राखेका शाखा सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु